महोत्तरी, २ पुस ।
महोत्तरीको बर्दिवास–३ गौरीडाँडामा सोमबार दिउँसो प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।
कटारीबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ७४६८ र बा ५ ख १९६८ नम्बरको सवारीसाधनबाट प्रहरीले उक्त लागूऔषध बरामद गरेको हो । बिपी राजमार्गमा नियमित चल्ने सवारीसाधनबाट १४७ बोतल डायलक्स र ६०० चक्की नाइट्रोभेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषधसँगै सिरहाको विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय अमरकुमार शर्मा (ठाकुर)लाई पक्राउ गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् ।
त्यसैगरी जाँचका क्रममा भन्सार छलेर लुकिछिपी ल्याइएको रजनीगन्धा, गुट्खा र परागसहित तीन बोरा सूर्तीजन्य वस्तुसमेत प्रहरीले बरामद भएको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline