गणेश विक/बझाङ।
बझाङको सेती नदिहुदै खप्तड छान्ना गाँउपालिका जोड्ने पुलको आईतवार उद्घाटन भएको छ । बिगतका वर्षहरुमा झै यो वर्षपनी बझाङको खप्तड छान्ना गाँउपालीका स्थानिवासीवासी सिद्धराज खड्काले सेतिनदिमा काठेपुल निमार्ण गर।
बझाङको खप्तड छान्ना गाँउपालीकाले सेती नदीमा काठेपुल हाल्न चासो नदेखाएपछि समाजसेवी सिद्धराज खड्काको पहलमा ११ लाख ८० हजारको लागतमा काठेपुलको निर्माण कार्य सम्मपनन भएको हो । सेती पारी पहिलो पटक २०७२ पुष महिनामा पुल सञ्चालनमा ल्याएका थिए ।
सुदुर पश्चिम प्रदेशमै पहिलो पटक छान्ना बासीहरुले सेती नदीमा पुल निर्माण गरि सञ्चालनमा ल्याएपछि छान्ना क्षेत्रको सेती लोकमार्ग अन्तर्गतको अठार किलो मिटर सड्कमा बस र जीप गुडेका थिए ।
खड्काले भने खप्तड छान्ना गाउँपालिकाले जनताको समस्या समाधान गर्न सेती नदिमा पुल निर्माण गर्नु पर्छ,भन्ने आग्रह गर्दा गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले सेवा सुविधा दिनुको साटो भ्रष्टाचार हुन्छ भनेपछी आप्नै पहलमा काठेपुल निर्माण गरेको बताए ।
सेति नदिमा काठेपुल निर्माण भएपछी बझाङको खप्तड छान्ना लगाएत थलारा स्थानियवासीहरुमा खुसीयाली छाएको छ ।