भारतिय क्षेत्रबाट सुस्ताबासी स्थानियले शनिवार गैंडालाई नेपाल तर्फ ल्याउन सफल भएपछि चितवन राष्ट्रिय निकुञ्जको टोली सुस्ता पुगेर गैडालाई लिएर आएको हो । गैडा लिनका लागि निकुञ्जका वार्डेन वेदप्रसाद ढकाल सहितको प्राविधिक टोली सुस्ता पुगेको थियो । टोलीले गैंडालाई बेहोस हुने सुई हानेर डुङ्गामा राखेर साझ ४:३० बजे नारायणी पार गराएको हो । नारायणी पार गराएपछि गैंडालाई ट्रकमा राखेर चितवन राष्ट्रिय निकुञ्ज लगिएको सुस्ता बचाउ अभियानका सदस्य रबिन्द्र जैसवालले बताएका छन् ।
भारतले गैंडा नेपाल फर्काउन रोक लगाएपछि भारतीय भुमी प्रयोग नगरी नारायणी नदिमा डुङ्गाको सहायताले गैडालाई पार गराउनुपरेको हो ।
गैंडालाई शसस्त्र प्रहरी बोर्डर आउटपोष्ट सुस्ताले सुरक्षा दिएको थियो । शसस्त्र प्रहरी निरिक्षक विष्णु प्रसाद थापाको नेतृत्वमा ११ जनाको टोली खटिएका थिए । स्थानियले समेत गैडा नेपाल फर्काउन ठुलो सहयोग पुराएका छन् ।
बांकी दुई वटा गैंडा विहारकै सिर्सिया जंगलमा रहेकोले तत्काल नेपाल फर्काउन सम्भव देखिएको छैन ।
भारतिय बन कर्मचारी र एस एस वीले केन्द्र सरकारको अनुमति विना गैडा नेपाल फर्काउन नदिने बताउदै आएका छन् ।
हेर्नुहाेस भिडियाे
https://www.youtube.com/watch?v=x7_Hx-7OV_E&feature=youtu.be
याे पनि पढ्नुहाेस् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


