काशिनाथ स्मृति प्रतिष्ठानद्धारा पुरस्कार तथा सम्मान पत्र वितरण

काशिनाथ स्मृति प्रतिष्ठानद्धारा पुरस्कार तथा सम्मान पत्र वितरण

  • आइतवार, पुस १, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौं ।
काशिनाथ स्मृति प्रतिष्ठानले यस बर्ष पनि एसइइ परिक्षामा सर्वोत्कृष्ट अंक ल्याई उत्रिर्ण गर्ने छात्र छात्रालाई नगद पुरस्कार तथा सम्मान पत्र वितरण गरेको छ ।
२०६२ सालदेखि स्थापना भै हाल सम्म बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको प्रतिष्ठानले हरेक बर्ष पुरस्कार वितरण गर्दै आएको छ । काशिनाथ स्मृती अक्षय कोषबाट आउने ब्याज बाट प्रत्येक बर्ष ६५ हजार रुपैया पुरस्कार रासी वितरण गर्ने गरिएकोमा यस पटक बृद्धि गरि एक लाख पुर्याइएको प्रतिस्ठानका सचिव होमनाथ तिमल्सिनाले जानकाी दिनुभयो ।
यस्तै प्रतिष्ठानले २०६५ पुस २२ देखि विनय त्रिवेण्ी गा. पा. दुम्किवास १ नवलपुर स्थित श्री भानुदय नमुना उच्च मा.वि. मा विज्ञान तथा शिपमुलक कारयक्रम सन्चालनका लागि सहयोगार्थ गरिएको महायज्ञको अवसरमा यस वर्षको पुरस्कार वितरण गरेको थियो ।
सो विद्यालयको स्तर उन्नतीका लागी ३१ हजार एक सय एघार नगद सहयोग गर्ने घोषणा प्रतिस्ठानका संरक्षक कमला शर्मा तिमिल्सिनाले बताउनु भयो ।


सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शालीकराम तिमिल्सिना तथा सोही विद्यालयका प्राचार्य मोहनलाल कलवारले स्वर्गीय काशिनाथ तिमिल्सिनाको योगदानका बारेमा चर्चा गर्दै तिमिल्सिना परिवारद्धारा स्थापित अक्षय कोषलाई सबैले सहयोग गर्न समेत अनुरोध गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ