एमाले र माओवादीबीच एकता भए पछि देखिएको आन्तरीक समस्या समाधान हुनुको साटो बढ्दै गएको छ । तल्लो तहमा तीव्र असन्तुष्टी चुलिदै जादा पछिल्लो समय माथिल्लो तहको नेतृत्वमा पनि असन्तुष्टी सार्वजनिक हुने क्रम जारी छ ।
यस अघि सचिवालयको बैठक बहिष्कार गरेका चार जना बरिष्ठ नेता मध्य वामदेव गौतमले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई चुनौती दिदै पार्टीमा फरक प्रस्ताव पेश गरेका छन् ।
आज बसेको सचिवालयको बैठकमा अध्यक्षद्धयले पेश गरेको राजनीतिक प्रतिवेदन बाहेक गौतमले पनि अलग प्रस्ताव पेश गरेका हुन् ।
गौतमले पार्टी र सरकारको व्यवस्थापन गर्नका लागि आफ्नो बिचार शीर्षकमा प्रस्तुत गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा समयको पालना जस्ता कुरामा गौतमले जोड दिएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline