कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग

कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग

  • शनिबार, मंसिर २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ, २९ मङ्सिर ।

विभिन्न सातवटा प्राविधिक संस्था सम्मिलित प्राविधिक सञ्जाल नेपालले सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेश सच्याउन माग गरेको छ ।

आज यहाँ आयोजित साक्षात्कारमा ती संस्थाका नेताले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश सङ्घीयता विरोधी, कानूनसँग बाँझिएको भन्दै समग्र कर्मचारीको हितमा नरहेको बताउनुभयो ।
केही उच्च प्रशासकको हितमा ल्याउने चेष्टा गरिएको बताउँदै राजपत्र अनङ्कित प्रथमबाट छैठौं तहमा समायोजन हुँदा मात्रै शैक्षिक योग्यता राखिएको प्रावधान हटाउनु पर्ने, तीनवटै तहमा समायोजन भएका कर्मचारी निश्चित मापदण्डका आधारमा तीनै तहमा सरुवा बढुवा हुनुपाउनु पर्नेमा जोड दिनुभयो ।

वरिष्ठ कर्मचारी तल्लो तहका कर्मचारीको मातहमा रहेर काम गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, श्रेणी विहीनदेखि विशिष्ट श्रेणीका कर्मचारीलाई एकमुष्ठ समायोजन गर्नुपर्ने, प्रदेश प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव ज्येष्ठताका आधारमा खटाइनुपर्ने, सेवाबाट अलग हुँदा पाउने सेवा सुविधा खटिएको श्रेणी वा तहको हुनुपर्ने उनीहरुको माग छ ।

प्राविधिक सञ्जालका संयोजक रामप्रसाद मेहताले कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितविपरीत भएको बताउँदै पहुँच भएका कर्मचारी सङ्घमा रहने तथा पहँुच नभएका कर्मचारी दुर्गम क्षेत्रमा खटिनुपर्ने व्यवस्था गरिएकाले त्यसको खारेज गर्नुपर्ने माग गर्नुभयो ।

नेपाल पशु स्वास्थ्य प्राविधिक सङ्घका अध्यक्ष जनकबहादुर रावलले संसद्बाट ल्याइएको कर्मचारी समायोजन ऐनलाई लत्याउँदै ल्याइएको अध्यादेश प्राविधिक कर्मचारीको हितमा नरहेको बताउनुभयो ।

डिप्लोमा इञ्जिनीयर्स एशोसिएसनका सहअध्यक्ष कमल अर्यालले अध्यादेशले स्थानीय तथा प्रदेशमा समायोजन भएका इञ्जिनीयरको वृत्ति विकासलाई रोक्न खोजेको बताउनुभयो ।

कार्यक्रममा नेपाल फोरेष्ट टेक्निेसियन एशोसिएसनका अध्यक्ष गोविन्द पाण्डे, नेपाल कृषि प्राविधिक एशोसिएसनका अध्यक्ष देवराज गौली, जुनियर वन प्राविधिक सङ्घका अध्यक्ष गणेशबहादुर बस्नेतले कर्मचारी समायोजन अध्यादेशमा संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ