झापाबाट इलाम जोड्ने फाष्टट्र्याक कालोपत्रे हुने

झापाबाट इलाम जोड्ने फाष्टट्र्याक कालोपत्रे हुने

  • शनिबार, मंसिर २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

पशुपतिनगर, २९ मङ्सिर ।

झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्टट्र्याक’ राजदुवाली बूढीसुखानी शनिश्चिरे सडक कालोपत्रे हुने भएको छ । मेचीराजमार्गमा सवारीसाधनको चाप बढ्दा साँघुरो भई दुर्घटना बढेपछि प्रदेश नं १ को सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चिरे जोड्ने सडक कालोपत्रे गर्ने भएको हो ।

झापाको चारआलीदेखि इलाम सदरमुकामसम्म यात्रा ७८ किलोमिटर पार गर्नुपर्ने भए पनि यो सडक बनेमा ५३ किलोमिटरमा यात्रापछि इलाम पुगिनेछ । झापादेखि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ यात्रा गर्न छिटो हुने सडकलाई बहुवर्षे ठेक्कामार्फत कालोपत्रे गर्नका लागि प्रक्रिया अघि बढेको माई नगरपालिका प्रमुख दीपक थेवेले बताउनुभयो । इलामको राजदुवालीको माईपुलदेखि मेचीराजमार्गमा जोड्ने सडक कालोपत्रेका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु चार करोड विनियोजन भएको छ ।

ट्र्याक निर्माण भएको पाँच दशकपछि सडक कालोपत्रेका लागि प्रदेश सरकारले कालोपत्रेको योजना अघि सारेको इलाम क्षेत्र नं २ ‘ख’ धीरेन्द्र शर्मा ‘रमण’ ले बताउनुभयो । ३७ किमी सडक निर्माणका रु एक अर्ब १५ करोड खर्च लाग्ने अनुमान गरिएको छ । लामो सडक र ठूलो बजेट खर्च हुने भएकाले सबै नेपाली निर्माण व्यवसायीको क्षमता नभएकाले प्याकेज छुट्याएर निर्माणको काम अघि बढाउने पूर्वाधार विकास कार्यालयका डिभिजन प्रमुख राजेश कर्णले बताउनुभयो । चार वटा प्याकजेमा ३७ किमीलाई छुट्टयाएर पहिलो चरणमा १० किमीको बहुवर्षे ठेक्का स्वीकृत गर्ने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ