छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, एक घाइते

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, एक घाइते

  • शनिबार, मंसिर २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

भरतपुर, २९ मङ्सिर ।

चितवनमा गए राति भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । माडीबाट जन्ती लिएर नवलपरासी जाँदै गरेको ना४ख ५१९३ नंको बसको ठक्करबाट भरतपुर–१४ वरौजीमा साइकलमा सवार भरतपुर–१३ का बालकृष्ण सापकोटाको मृत्यु भएको हो । बसको ठक्करबाट घाइते सापकोटाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस र बसका चालक प्रहरी नियन्त्रणमा छन् ।

यस्तै मोटरसाइकल अनियन्त्रित भई ठक्कर खाँदा पुर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१० निपनीबाट गए राति १ बजे सौराहातर्फ जाँदै गरेको बा८१प ८५०० नंको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक राप्ती नगरपालिका–८ बस्ने १८ वर्षीय अनिस तामाङको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मोटरसाइकल पछाडि सवार सोही स्थानका २५ वर्षीय अनमोल तामाङ गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ