किन विवादित बन्याे गोर्खा स्मारक ?, सभापति गुरुङले गरे निर्माण कार्य राेक्न माग

किन विवादित बन्याे गोर्खा स्मारक ?, सभापति गुरुङले गरे निर्माण कार्य राेक्न माग

  • बिहिबार, मंसिर २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, २७ मङ्सिर । 

स्याङ्जा जिल्लाको फेदीखोलास्थित साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारकको गतिविधिप्रति गोर्खा स्मारक ट्रष्टका सभापति तथा गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

उहाँले स्मारकको संरचनामा गरिएको फेरबदल र केही व्यक्तिको कार्यशैलीप्रति प्रश्न उठाउँदै त्यस्ता क्रियाकलापले कसैको हित नगर्ने उहाँद्वारा आज जारी प्रेस व्यक्तव्यमा उल्लेख छ । गेसोका पूर्वमहासचिव चन्द्रबहादुर गुरुङ र अन्यले स्मारक निर्माणमा धोका दिनाका साथै आर्थिक अपचलन गरेको सभापति गरुङको आरोप छ ।

आफूले बेलायतसँग अनवरत रूपमा २७ वर्षसम्म सङ्घर्ष गरेर गोर्खा भुपू सैनिकलाई अधिकार दिलाइसकेपछि नेपालमा पनि केही गर्नुपर्छ भन्ने सोच राखी विभिन्न युद्धमा बिनाकारण विदेशी भूमिमा मारिएका र बेपत्ता पारिएका हजारौँ पितापुर्खाको सम्झनामा स्मारक निर्माण गर्ने परिकल्पना गरिएको भन्दै उहाँले राष्ट्रिय गौरवको समाधि निमार्णमा आफूले भुपू सैनिकहरुबाट ऋण लिएर काम अगाडि बढाएको बताउनुभयो ।

“उक्त स्मारकका गुरुयोजनाकार तथा वरिष्ठ इञ्जिनीयर शङ्करनाथ रिमाललाई थाहै नदिई चन्द्रबहादुरले पर्यटन विभागबाट रकम लिई साल्मेडाँडामा योजनाको नक्साविपरीत आफूखुशी पानीको ट्याङ्की तथा संरचना खनेर सम्पूर्ण योजनाको स्वरुप बिगार्नुका साथै सरकारी रकम दुरुपयोग गरेकामा पर्यटन विभागले छानबिन गरेर दोषीबाट सरकारी रकम असुलउपर गर्ने पर्ने प्रेस व्यक्तव्यमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ