बलात्कारीलार्इ गाँउलेले दिए सजायः १ सय काेर्रा र ५ बर्षको जेल

बलात्कारीलार्इ गाँउलेले दिए सजायः १ सय काेर्रा र ५ बर्षको जेल

  • बिहिबार, मंसिर २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

जार्काता । बालिकामाथि यौनशोषण गरेको आरोपमा इन्डोनेसियामा दुई युवकलाई कोर्रा हानिएको छ। मुस्लिम समुदायको बाहुल्यता रहेको एइचमा बुधबार उनीहरुलाई १ सय कोर्रा हानिएको जनाइएकाे छ ।

उनीहरुले छिमेकि दुई बालिका माथि बलात्कार गरेपछि सामुहिक रुपमा कोर्रा हानेर ५ बर्षको जेल सजाय सुनाइएको हो। कोर्रा हानिएका उनीहरुको शरीरबाट रगत समेत बगेको थियो।

मुस्लिम बाहुल्यता रहेको उक्त गाउँमा मुस्लिम कानुन रहेको छ। जहाँ जुवातास , जाँडरक्सि र वेश्यावृति गर्नेमाथि कडा कारबाही गरिने गरिएको छ । इन्डोनेशियाको एकमात्र मुश्लिम कानुन रहेको उक्त गाउँमा स्थानीयलेनै आवश्यक निर्णय गर्ने गरेका छन् ।

केहि समय अघि उक्त गाउँमा युवायुवतीहरु पढ्नु भन्दा क्याफेमा गएर वाईफाई चलाएर अनावश्यक कुराहरू हेर्ने गरेको पाईएपछि वाईफाईमा प्रतिवन्द लगाइएको थियो । गत मार्चमा एक क्रिस्चियन युवालाई लागु औषध ओसार प्रसारमा संलग्न रहेको आशंकामा कोर्रा हानिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ