मध्यरातमा अाफ्नै घरमा कुटिए गाउँपालिकाका अध्यक्ष केसी, सात जना पक्राउ

मध्यरातमा अाफ्नै घरमा कुटिए गाउँपालिकाका अध्यक्ष केसी, सात जना पक्राउ

  • बुधबार, मंसिर २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

रूकुम, २६ मंसिर । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट भएकाे छ । बाँफिकोट गाउँपालिका वडा नम्बर -४ स्थित आफ्नै घरमा सुतेका अध्यक्ष केसीमाथि मदिरा सेवन गरेका युवाहरुले मंगलबार राति कुटपिट गरेका हुन् ।

अध्यक्षमाथि विहेबाट फर्किरहेका युवाले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । कुटपिटबाट अध्यक्ष केसीको टाउकोमा ३ वटा टाँका लगाइएको छ । भने गालामा पनि चोट लागेको छ ।सो समूहले अध्यक्ष केसीको घरमा समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

अध्यक्ष माथि कुटपिट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ