जनगणतान्त्रिक इन्जिनियर्स एशोसियसले गर्याे इन्जिनियरिङ्ग एशोसियसनको चूनाव बहिस्कार

जनगणतान्त्रिक इन्जिनियर्स एशोसियसले गर्याे इन्जिनियरिङ्ग एशोसियसनको चूनाव बहिस्कार

  • मङ्लबार, मंसिर २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, २५ मंसिर । जनगणतान्त्रिक इन्जिनियर्स एशोसियस नेपालले, नेपाल इन्जिनियरिङ्ग एशोसियसनको चूनाव बहिस्कार गर्ने निर्णय गरेको छ । सिण्डिकेट लगाएर चुनाव गर्न खोजिएको भन्दै एशोसियसनले चुनाव बष्किार गर्ने निर्णय गरको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनगणतान्त्रिक ईन्जिनियर्स एशोयिसनले ७० प्रतिशत भन्दा बढी ईन्जिनियरहलाई वेवास्था गरेर सिन्डिकेट लगाएर चुनाव गर्न खोजिएको आरोप लगाएको छ ।

केन्द्रीय संयोजक ईन्जिनियर सुरेश कुमार चौधरीले निकालेको विज्ञप्तिमा ४४ हजार दर्ता भएका मध्य २६ हजार भन्दा बढी ईन्जिनियरलाई समेट्न नसकेकाले चुनाव बहिष्कार गर्ने निर्णय गरेको उल्लेख छ । विज्ञिप्तिमा भनिएको छ,‘नेपाल इन्जिनियरिङ्ग एशोसियसनले आफ्नो मूल उद्देश्यहरुलाई कार्यान्वयन गर्न नसकेर चूनावको नाममा चूनाव मात्र गराउनु लज्जास्पद छ ।

नेपाल इन्जिनियरिङ्ग एशोसियसनको चूनाव समग्र इन्जिनियरहरुको हकहितको लागि भन्दा पनि राजनैतिक नियूक्ति प्राप्तगर्न फेस एक्स्पोजरको रुपमा प्रयोग गरिएको छ ।’ नेपाल इन्जिनियरिङ्ग एशोसियसनको ३२ औं केन्द्रीय समितिको चुनाव यही मंसिर २८ गते २९ गत चुनाव हुँदै छ । एशोसियसनले चुनाव बहिष्कार गर्न सबै इन्जिनियरहरुलाई आग्रह समेत गरेको छ ।
चूनाव बहिस्कार गरिएको कारणहरु –
१. नेपाल इन्जिनियरिङ्ग एशोसियसन आम इन्जिनियरहरुको साझा संगठन हो भन्ने कुरा सावित गर्न
नसकेको
२. आम इन्जिनियरहरुको पेशागत सुरक्षा पारीश्रमिक र व्यक्तिगत सुरक्षा गर्न असफल भएको
३. नवआगन्तुक इन्जिनियरहरुको लागि इन्टर्नशिपको व्यवस्थ गर्न नसकेको
४.इन्जिनियरहरुको पेशागत क्षमता अभिवृदि गर्न इन्जिनियरिङ्ग स्टाप कलेजको स्थापना गर्न
असफल भएको
५. प्राइभेट सेक्टरमा कार्यरत इन्जिनियरहरुको लागि न्यूनतम मापदण्ड बनाई तलव निर्धारण गर्न
असफल भएको
६.इन्जिनियरिङ्ग विषय सम्बन्धी निकायहरुमा इन्जिनियर प्रमुख कार्यकारी रहने गरी व्यवस्था गर्न
नसकेको
७. रोजगारको वातावरण तयार गरी सम्मानजनक सेवा सुविधाको ग्यारेण्टी गर्न नसकेको
८. देशभित्र सञ्चालन हुने परियोजनाहरु बारे देशको हितमा स्पस्ट घारणा प्रस्तुत गर्न नसकेको
९. ठुल। कन्सल्टेन्सी, कन्सट्रक्सन कम्पनीहरुले गर्ने गरेको खुलेआम भ्रष्ट।चारको बारेमा बोल्न
मत्र पनि नसकेको
१०. इन्जिनियरिङ्ग शिक्षामा भइरहेको अराजकता मनोमानी शूल्क निर्धारणमा काम गर्न
असफल भएको ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ