सातगाउले जात्रा अन्तर्गत नगाउँमा धाल्चा जात्रा

सातगाउले जात्रा अन्तर्गत नगाउँमा धाल्चा जात्रा

  • मङ्लबार, मंसिर २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.3K
    SHARES

प्राचिनकालको कुरा हो ,स्वयम्भु महाचैत्यआगाडी एक ऋषि नैकापको वैष्णवी पिठ नजिकै यज्ञ गरिरहेको बेला त्यस ठाउमा एक बथान परेवा सैगै को रुखमा बसेको देखेर एक शिकारीले गुलेली हिर्काइ परेवा घाइते बनाई दिएछन । घाइते परेवा ज्यान बचाउन अनेक प्रयास गर्दा गर्दै पिठ नजिकको ऋषिले चलाएको यज्ञकुन्दामा होमिन पुगेछन् । निर्दोष परेवाको अकालमा बिनाकारण जीवननै समाप्त भएछ । विशुध्द धर्म भावले गरेको येज्ञ होममा परेवाको प्रण होमिएपछि पश्चाताप स्वरुप ऋषिले बखु (परेवा) मर्यो (मन्त) भन्दै प्रत्येक बर्षको मङ्सिर शुक्ल दशमीका दिन जात्रा गर्ने परम्परा बसाएका हुन् । नेपाल भाषामा बखु मंत जात्रा नै कालान्तरमा “बखु मदः ” जात्रा हुन पुगेको जानकारहरु बताउछन् । एस जात्रालाई सातगाउले जात्राको रुपमा पनि चिनीन्छ । एकीकरण अगाडी काठमाडौँ उपत्यकाको दक्षिण -पश्चिममा सतुङ्गल ,नैकाप मछ्छे गाउ ,पाँगा ,न गाउ ,बोशी गाउ ,किर्तिपुरसहितको छुट्टै राज्य रहेको थियो । येही सातगाँऊ भित्रका आदिवासी नेवार समुदायमा मुख्य रुपमा मनाइने जात्रामा सात गाउभित्रका विभिन्न नेवार जाति मध्ये एक जातिलाई थकाली को रुपमा मानि जात्रा मानिने परम्परा रहिआएको छ ।

बखु मदः अष्टमी जात्रामा प्रमुख रुपमा अष्टमातृका देवगणको खटजात्रा गरी मनाइने यो जात्रामा अन्य विविध जात्राका रितिथितिहरु रहेका छन् । भनिन्छ अहिले पनि यस भेगका मानिसहरु सो होम गरेको मण्डपबाट खरानी चोरेर लगे पछि मात्र बखु मदः जात्रा वा न्हेय्गां जात्रा र अहिलेको चलनचल्ती खस भाषामा सात गाउँले जात्रा गरिन्छ ।
झन्डै काठमान्डू बात ६ कि मि दक्षिणमा अवस्थीत् एतिहासिक शहर किर्तिपुरको दक्षिण तर्फ अवस्थित नगाउ,स्थानीय भाषामा नगांको नाउले परिचित छ । २५० घरधुरी भएको यो गाउ तुलनात्मक रुपमा सानो भएपनि सांस्कृतिक रुपमा बिषेस महत्वो रहेको एक मध्यकालिन बस्तिको रुपमा परिचित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ