पोखरा, २५ मंसिर ।
कास्कीको पर्यटकीयस्थल पोखराको मुटु मानिने न्यूरोडमा माफियाले हडपेको जग्गामा नेकपाको जनपरिषदले डोजार चलाएर पीडितलाई वितरण गरेको गरेको छ ।
न्यूरोडस्थित कैशाल विकास बैंकको सामुन्ने वल्र्ड टचको दायाँबायाँ रहेको कृष्ण थापाको ९ रोपनी ६ आना ३ दाम क्षेत्रफल रहेको जग्गालाई जालसाजी गरेर खोप्लाङ्गे साहुले धेरैपहिले आफ्नो बनाएका थिए । तर थापाले यसबारे कानूनी उपचार खोज्दासमेत न्याय नपाएपछि न्याय पाउन जनपरिषदमा उजुरी दिएका थिए । जग्गा लेखनाथ पोखरा महानगरपालिका वडा नम्बर ८ मा पर्दछ ।
सोही उजुरीमाथि छानबिन गर्दा खोप्लाङ्गेले झुक्याएर थापाको जग्गा आफ्नो बनाएको पाइएपछि सोमबार कास्की जनपरिषदले हडपेको जग्गामा डोजार चलाई उक्त जग्गा पीडित थापालाई वितरण गरिएको जनपरिषद प्रमुख राम काजी गुरूङले जानकारी दिएका छन् । यसअघि उक्त जग्गा बिक्री वितरण र भाडामा नदिन जनपरिषदले सार्वजनिक रुपमा अपिल गर्दै आइरहेको समेत तिवारीले बताए ।
अपिललाई अटेर गरेर भूमाफिया र सुद्खोरहरुले भौतिक संचरना बनाउन शुरु गरेपछि डोजार चलाउन बाध्य भएको जनाइएको छ । जग्गाधनी थापा परिवारको अधिकार स्थापित गराउन भन्दै जनपरिषदले कब्जा गरेको हो । पीडितको अधिकार स्थापित गराउने विषयमा सबै पक्ष तथा सरोकारवालसँग जनपरिषदले सहयोग गर्न अपिल समेत गरेको छ ।
माफियाले कब्जा गरेको उक्त जग्गामा मंगलबार दिउँसो जेसीबी डोजर चलाएर कब्जा गरी वितरण गरिएको हो । जग्गा कब्जा गरी वितरण गर्नुका पछाडि नेकपा कास्कीद्वारा ‘कारवाही किन?’ शिर्षकमा ६ वटा कारणहरु खुलाई जग्गा वरपर पर्चा समेत बाँडिएको छ ।
नेकपाले जनयुद्धताका संचालित जनसत्ताको नयाँ रुपमा अहिले नागरिकको दैनिक समस्या र व्यवहार हेर्न जनपरिषद गठन गरी देशैभर सक्रिय पारेको जनाएको छ । साथै भ्रष्टाचारी, तस्कर, बलात्कारी, काला बजारिया तथा घुस्याहमाथि पनि कालोमोसो दलेर कारवाही गर्दै आइरहेको छ ।
हेर्नुस् तस्बीर/भिडियाेः


