विराटनगरलाई पोखराले दियाे ८५ रनको झिनो लक्ष्य

विराटनगरलाई पोखराले दियाे ८५ रनको झिनो लक्ष्य

  • मङ्लबार, मंसिर २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, मंसिर २५ ।एभरेष्ट प्रिमियर लिग अन्तर्गत दिनको पहिलो खेलमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई ८५ रनको झिनो लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा विराटनगरको बलिङसामू निरीह बन्यो । सुरुदेखि विकेट पतनको शिकार बनेको पोखराले पाँच रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर केल कोट्जर चार रन बनाएर आउट भए । पोखराले १९ रन बनाएको अवस्थामा चार विकेट गुमाएको थियो ।

यसक्रममा रिचार्ड लेभी ३ रनमा, शुवेन्दु पाण्डे शून्यमा र विनोद भण्डारी एक रनमा पवेलियन फर्किए । त्यसपछि पाउल कोलिनले २० रन बनाए भने राजेश पुलामी मगरले १७ रन जोडे । सुशान भारी सातौं विकेटका रुपमा आउट हुँदा पोखराले १७.३ ओभरमा ७८ रनमात्र बनाएको थियो ।

त्यसपछि पनि कुनै ब्याट्सम्यानले राम्रो खेल्न नसक्दा पोखरा ८५ रनमा समेटियो । पोखरालाई सस्तैमा समेट्नका लागि पाउल भ्यान मेकेरेनले तीन विकेट लिए भने रोउल्फ भ्यान गर मार्वीले दुई तथा बसन्त रेग्मी र स्मित पटेलले १–१ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ