‘पूँजीवादी दलाल सत्ता रहेसम्म हिंसा र विभेदबाट महिला मुक्त हुन सक्दैनन्’

‘पूँजीवादी दलाल सत्ता रहेसम्म हिंसा र विभेदबाट महिला मुक्त हुन सक्दैनन्’

  • सोमवार, मंसिर २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

काठमाडौं, २४ मंसिर ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को काठमाडौं जिल्ला नेतृत्वमा पुर्णिमा धामीलाई निर्वाचित भएकी छन् ।

सोमबार काठमाडौंमा सम्पन्न भेलाले धामीलाई जिल्ला अध्यक्षमा निर्वाचित गरेको हो । भेलाबाट धामीको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरियो । उपाध्यक्षहरुमा सहनी थामी र सन्तोषी महर्जन, सचिबमा करिश्मा खरेल, कोषाध्यक्षमा रिता खड्का तथा सहसचिब कबिता कार्की निर्वाचित भएका छन् ।

भेलाको उद्घाटन नेकपाका केन्द्रीय टेकबहादुर केसी ‘आजाद’ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का अध्यक्ष एवं नेकपाकी केन्द्रीय सदस्य बन्धु चन्दले संयुक्त रुपमा मैनबात्ती बालेर गरेका थिए ।

उद्घाटन सत्रमा विचार राख्दै अध्यक्ष चन्दले महिलाहरुको अधिकारलाई खोस्ने वर्तमान ‘दलाल संसदीय व्यवस्था’ले गरिहरेको बताउँदै वैज्ञानिक सवाजवाद स्थापना नगरेसम्म महिलाको अधिकार ग्यारेन्टी र महिलामाथि हिंसा नरोकिने बताइन् । पुँजीवादी ’दलाल सरकार’लाई विस्थापित गरेर जनताको आफ्नै राज्य राज्य व्यवस्था वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्ने नेकपाको अभियानमा ठोस सहयोग पुग्ने गरी जिल्ला संगठनहरुले भूमिका निर्वाह गर्न निर्देशन समेत दिइन् ।

त्यस्तै भेलाका अतिथि आजादले महिलालाई पूर्ण रुपमा अधिकारयुक्त बनाउन देशमा एकीकृत जनक्रान्तिको लहर चरिरहेकोले त्यसलाई सफल तुल्याउन आम महिलाहरु एकजुट भएर लाग्नुपर्ने बताए । त्यसको नेतृत्व नेकपाले गर्ने उनले बताए ।

पछि भेला समानपन कार्यक्रममा नेता आजाद र चन्दले जिल्लाको नयाँ कार्यसमितिलाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएका थिए । नव निर्वाचित कार्यसमितिको प्यानल प्रस्ताव संघका महासचिब धिरेन्द्रा उपाध्याले गरेकी हुन् । उक्त प्रस्ताव भेलाको बन्दसत्रले सर्वसम्मत पारित गरेको थियो ।

तस्बीरः फेसबुक पेज

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ