उत्पीडित वर्गको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रहः बास्तोलाको संयोजकत्वमा भेला आयोजक समिति गठन

उत्पीडित वर्गको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रहः बास्तोलाको संयोजकत्वमा भेला आयोजक समिति गठन

  • सोमवार, मंसिर २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

कास्कि, २४ मंसिर ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीका इन्चार्ज रुपेशले गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत उत्पीडित वर्गको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन्।

क्रान्तिकारी पत्रकार संगठन कास्कीको आज पोखरामा भएको भेलालाई सम्बोधन गर्दै नेकपाका नेता रुपेशले पत्रकारहरुलाई यस्तो आव्हान गरेका हुन्।  उनले वर्तमान परिस्थितिमा अधिकांश नेपाली संचार माध्यमले उत्पीडित वर्गका आवाजहरुलाई उठान गर्न नसकेको गुनासो गरेका थिए।   उनले कास्की जिल्लामा देखिएका उत्पीडनका घटनाहरुलाई उल्लेख गर्दै त्यस्ता घटनाहरुका बारेमा कलम चलाउन अनुरोध गरे।

क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रिय सदस्य एबम गण्डकी धवलागिरी संयोजक ओम हमालले नेपाली संचार माध्यममा बैदेशिक तथा दलाल र सामन्तहरुको लगानी बढिरहेकाले नेपाली संचार माध्यम आवाजबिहिनहरुको आवाज भन्दा पनि आवाज हुनेहरुको आवाज हुँदै गएकोमा आपत्ति प्रकट गरे। संगठनलाई सलामी, गुलामी, हरामी र दलाली तथा मौका परस्त व्यक्तिहरुबाट बचाउन आग्रह गर्दै क्रान्तिकारी पत्रकार संगठनका नेता हमालले  मंत्री, नेताका अनुहारतिर ठडिने पत्रकारहरुको रेकर्डर र क्यामराहरुलाई गरीब, किसान, मजदुर, सुकुम्बासी जस्ता उत्पीडितहरुको आवाज बुलन्द गर्ने कार्यमा लगाउनुपर्ने आवस्यकता औंल्याए।

आज भएको भेलाले आगामी एक महिनाभित्र जिल्ला भेला गर्ने गरी क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य समेत रहेका रमाकान्त बास्तोलाको संयोजकत्वमा ११ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ