सत्तारूढ नेकपाका नेता एवं पूर्वमन्त्री लेखराज भट्टलाई डोटीमा किन देखाए कालो झण्डा ?

सत्तारूढ नेकपाका नेता एवं पूर्वमन्त्री लेखराज भट्टलाई डोटीमा किन देखाए कालो झण्डा ?

  • सोमवार, मंसिर २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

डाेटी ।

सत्ताधारी नेकपाका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री लेखराज भट्टलाई कालो झण्डा देखाएका छन् ।

पर्याप्त सम्भावना, पर्याप्त पुर्वाधार, प्रदेशको केन्द्र विन्दु लगायतका धेरै सम्भावना भएको साविकको क्षेत्रीय सदरमुकाम दिपायलबाट जंगलमा राजधानी सारेको भन्दै उनको पुर्खौली जिल्ला डोटीमा कालो झण्डा देखाएकाे हाे ।

सहिद स्मृति आवासीय बिद्यालयको कार्यक्रमका लागि डोटी पुगेका भट्टलाई नेबिसंघ, नेपाल तरुण दल तथा लेखक संघको संयूक्त टोलीले आईतवार कालो झण्डा देखाएको हो ।

‘जिम्मेवार नेतृत्वबाट डोटीका विरुद्धमा गैर जिम्मेवारी र तथ्यहिन अभिव्यक्ति दिदैं गोदावरीको जंगलमा राजधानी सारिनु र प्रदेशको नाम सुदूरपश्चिम राख्नु आपत्ति जनक कुरो हो ।’ नेबिसंघका पुर्व केन्द्रीय सदस्य विजय ओझाले भने,‘डोटीबाट राजधानी खोस्ने, यहाँका जनताको अधिकार खोस्ने जो कोहीकाबिरुद्ध नेबिसंघ सधैंभरी लागी रहनेछ ।’

पुर्व मन्त्री भट्टले डोटी बिरोधी कार्य गरेको भन्दै नेबिसंघले नाराबाजी सहित प्रदर्शन गरेको थियो । कैलालीको अत्तरिया निवासी तत्कालिन माओवादी केन्द्रका नेता भट्ट अत्तरियाको गोदावरी जंगलमा राजधानी बनाउने मुख्य योजनाकार हुन् । उनको पुर्खौली घर भने डोटी हो ।

यसअघि नेता भट्टले डोटीमा १०-१५ जना बस्नका लागि पनि ठाउँ नभएको भन्दै सञ्चार माध्यममा अन्तरवार्ता दिएपछि डोटीमा भट्टको पुत्लादहन समेत गरिएको थियो ।

डोटीका बिरुद्धमा प्रदेशमा मत हाल्ने नेता, मुकदर्शक बनेर बस्ने डोटीबाट निर्वाचित सांसद लगायत सबैलाई कालो झण्डा देखाइने, डोटीमा रोक लगाउने, टिन बजायर भगाउने जस्ता योजनाहरु बनाइएको नेपाल तरुण दलका नगर सभापती लालबहादुर कठायतले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ