आज अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइदै

आज अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइदै

  • सोमवार, मंसिर २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, मंसिर २४ ।
आज अन्तराष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइदै छ ।

सन् १९४८ डिसेम्बर १० तारीखका दिन संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकारको बिश्वब्यापी घोषणा गरेको दिनलाई अन्तराष्ट्रिय मानव अधिकार दिवसको रुपमा मनाउँदै आईएको छ ।

नेपाल संयुक्त राष्ट्रसंघले सदस्य राष्ट्र भएका नाताले पनि नेपालले पनि बिश्वले झै डिसेम्बर १० लाई अन्तराष्ट्रिय मानव अधिकार दिवसको रुपमा देशैभर मनाउँदै आईरहेको छ ।

दिवसको अवसरमा मानवअधिकारको क्षेत्रमा क्रियाशील गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

यसैबीच दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली शुभकामना सन्देश जारी गर्दै मानव अधिकार र सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले प्राथमिकतामा राखेकाले द्वन्द्वपीडितलाई न्यायको अनुभूति गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

उहाँले मानवअधिकार उल्लंघन हुन नदिन, मानवअधिकार उल्लघंनका दोषीलाई कानुनको दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्ति र न्याय दिलाउन पनि उत्तिकै सजग रहेको उल्लेख गर्नु भयो ।

‘सरकार राष्ट्रिय मानवअधिकार आयोगलगायतका संवैधानिक आयोगहरु, संयुक्त राष्ट्र संघका निकाय, गैरसरकारी संस्था तथा नागरिक समाजसँग समन्वय कायम गर्दै अघि बढिरहेको छ’ शुभकामना सन्देशमा भनिएको छ ।

मानवअधिकार र संक्रमणकालीन न्यायको विषयलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले द्वन्द्व पीडितलाई न्यायको अनुभूति गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउँदै सुशासन र विकासको बाटो हुँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ अग्रसर भइरहेका बेला पनि मानवअधिकार दिवसले हामीमा अझ नयाँ उत्साह र ऊर्जाको सञ्चार गरिरहेको बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ