पत्रकार चन्दको बन्दी प्रत्यक्षीकरण रिटमा अर्को पेशी मंसिर २६ गतेका लागि तोकियो

पत्रकार चन्दको बन्दी प्रत्यक्षीकरण रिटमा अर्को पेशी मंसिर २६ गतेका लागि तोकियो

  • आइतवार, मंसिर २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौं, २३ मंसिर ।

विगत १३ दिनदेखि प्रहरी हिरासतमा राखिएका अनलाइन पत्रिका पोष्टपाटी डटकममा प्रधानसम्पादक गोपाल चन्दको अर्को पेशी आउँदो बुधबारको लागि तोकिएको छ ।

पोष्टपाटीमा मंसिर ६ गते प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार चन्दलाई गिरफ्तार गरी महानगरीय प्रहरी परिसर टेकुमा राखिएकोमा रमेश डाँगीले चन्दलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै रिहाईको मागसहित मंसिर १६ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । गिरफ्तारको भोलिपल्ट १२ गते चन्दलाई जिल्ला अदालत काठमाडौंबाट पहिलोपटक ७ दिन र दोस्रोपटक १८ गते १० दिन म्याद थप गरी अनुसन्धान गरिरहेको बखत् सर्वोच्चमा दायर रिट निवदेनमाथि आज आइतबार बहस भयो ।

काठमाडौं जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको अवस्थामा काठमाडौं जिल्ला अदालतको लिखित जवाफ आवश्यक अनिवार्य देखिएपछि बहसपछि न्यायाधीशद्वय चोलेन्द्र शमशेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासबाट जारी आदेशले अर्को पेशी बुधबारका लागि तोकिएको हो ।

आदेशपछि लिखित जवाफ पेश गर्न सर्वोच्चले आजै काठमाडौं जिल्ला अदालतलाई पत्र काटिसकेको छ । रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, कान्तीराम ढुंगानालगायतले बहस गरेका थिए । बहस इजलास नम्बर २ मा भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ