काठमाडाैं ।
कन्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तकाे बलात्कार र हत्याकाे ‘मुख्य अभियुक्त’ बनाइएकाहरू घटनाको दिन प्रहरी हिरासतमै रहेकेा रहस्य खुलेकेा छ । प्रहरीले मुख्य शंकास्पद ठानेका प्रदिप रावल, बिशाल चौधरी र दिनेश चौधरी निर्मला पन्तको बलात्कार पछि हत्याका दिन फरक समयमा प्रहरी नियन्त्रणमै रहेको खुलेको हाे ।
घटनास्थल क्षेत्रमा रहेको कुखुराको मासु पसलमा साउन ९ गते चोरी भएको घटनामा तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। निर्मला पन्त साउन १० गते बिहान ११ बजे घरबाट निस्केकी उनी बेपत्ता भएकी थिइन्। त्यसकाे भाेलिपल्ट बलात्कारपछि हत्या गरिएकाे अवस्थामा शव फेला परेकाे थियाे।
कञ्चनपुरको अस्थायी प्रहरी चाैकी सालघारीले साउन १० गते बिहान प्रदिप रावललाई नियन्त्रणमा लिएर केही समयको सोधपुछपछि छाडिएकाे प्रहरी रेकर्डले देखाएकाे छ।
निर्मलाको बलात्कार र हत्या भएको दिन १० साउनमा प्रदीप बिहान करिब १० बजेपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा थिए भने विशाललाई प्रहरीले बेलुका ४ बजे घरबाटै नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि भगतपुरचोक नजिकको एक कुखुरा मासु पसलबाट कुखुरा चोरेको आरोप लागेको थियो ।
९ साउनमा प्रदीपले आफ्नो पसलबाट कुखुरा चोरेको पसलधनी पाले चौधरीले वडाप्रहरीमा उजुरी गरेका थिए । १० साउन बिहान करिब ९ बजे वडाको गस्तीभ्यान पालेको पसलमा पुग्दा प्रदीप त्यहीं थिए । आफूले प्रदीपलाई चिनाएपछि प्रहरीले प्रदीपलाई भ्यानमा राखेर लगेको पसलधनी पाले चौधरी बताउँछन् ।
उनकै बयानका आधारमा चाेरी अभियाेगमा सोही साँझ बिशाल र दिनेश चौधरी पक्राउ परेका थिए। उनीहरु दुवैलाई अस्थायी प्रहरी चाैकी सालघारीले वडा प्रहरी कार्यालय महेन्द्रनगरमा बुझाएको थियो।
दुवै जनालाई साउन ११ मा आफन्तको जिम्मा लगाएर पठाइएको थियो। कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कठायतले रावल र चौधरीद्वय थुनामा रहेको रेर्कड रहेकाे बताए। उनकाअनुसार प्रदिपलाई प्रहरीले चाेरी कार्य नगरी सुध्रनका लागि सम्झाई बुझाई पठाएको थियो।
आफन्तहरुले थाहा नपाउँदा प्रदीप वडा प्रहरीकै नियन्त्रणमा रहेको र १२ साउनमा मात्रै हिरासतमुक्त भएको प्रदीपका काका बलबहादुर रावलले बताए ।
वडाप्रहरी कार्यालयमा प्रदीपले कुखुरा चोर्ने काममा विशाल चौधरी पनि संलग्न रहेको बताएपछि प्रहरीले साँझ करिब ४ बजे विशाललाई सालघारीस्थित घरबाट पक्राउ गरेर लगेको उनकी आमा सर्मती चौधरीले बताईन् । अधिकारकर्मी शारदा चन्द र मिना भण्डारीले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा हेरेको कागजमा पनि विशाललाई १० गते ४ बजे घरबाटै पक्राउ गरिएको उल्लेख रहेको दुबै अधिकारकर्मीको भनाई छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशनमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा रहेका प्रदिप रावलले गाँउलेहरुसँग निर्मलाका विषयमा भनेको विषयले उनलार्इ प्रहरीले अनुसन्धानमा तानेकाे हाे।
मोबाइलको लोकेशन, सोधपुछ र उनको भूमिकाले प्रहरी यसपटक सफलता हात लाग्नेमा सकारात्मक देखिएको थियो। प्रारम्भिक बयानमा उनका कुरा शंकास्पद देखिएको प्रहरी भनाइ छ। उनले गाँउलेसँग आफू निर्मलाको प्रेमी भएको बताउने गरेको र घटनाका दिन उनको मोबाइल घटनास्थलमा सक्रिय रहेकाले प्रहरीले अनुसन्धानकाे घेरामा राखेकाे थियाे । उनीहरूकाे बयानमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अाफैँ उपस्थित भएका थिए।
ब्यूरोले प्रदिपको बयानपछि महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र विशाल चौधरीलाई नियन्त्रणमा लिएकाे हो।