धरान, २३ मंसिर ।
अखिल (क्रान्तिकारी)ले तीन महिने “कम्युनिस्ट विद्यार्थी अभियान” कोशी ब्युरोमा पनि सुरू भएकाे छ । नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले केन्द्रिय कार्यक्रम अनुसार अाजबाट अभियन सुरू गरेकाे हाे ।
संगठनकाे काेशी ब्युराेले धरानको महेन्द्र बहुमुखी क्याम्पसमा कार्यक्रमकाे अायाेजना गरि अभियानकाे उद्घाटन गरेकेा छ । कार्यक्रमकाे अध्यक्षता संगठनका केन्द्रिय सदस्य पुष्प न्याैपानेले गरेका थिए भने नेकपा माेरङ जिल्ला इन्चार्ज प्रज्वल, सुनसरीका इन्चार्ज युगेन रार्इ, सेक्रेटरी पुष्प काेइराला, अखिल (क्रान्तिकारी)का, काेशी ब्युराे संयाेजक सुनिल बन्जाडे, काेशी ब्युराे सदस्य डि बी सिलवाल, ब्युराे सदस्य सागर लिम्बु,ब्युराे सदस्य अाकाश गाैतम लगायतकाे सहभागीता थियाे ।
गत १८ मंसिरमा पोखरा, कैलाली, झापा, काठमान्डौबाट एकैसाथ उद्घाटन भएकाे अभियान अागामी फागुन १८ गते सम्म देशव्यापी चल्ने जनाएको छ ।
अभियानको क्रममा नारा लेख्ने , पर्चा पम्प्लेट वितरण गर्ने , शैक्षिक माफियाहरुको भण्डाफोर गर्ने ,स्नातक तह माथी अध्ययन सम्पुर्ण क्याम्पसहरु मा सङ्गठन निर्माण गर्ने रहेका छन् ।
त्यस्तै सरकारी शैक्षिक संस्थाहरुमा सरसफाइ सहित अन्य अतिरिक्त क्रियाकलाप गर्ने कार्यक्रम रहेको अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य पुष्प न्याैपानेले जानकारी दिए ।





