नेकपाले निर्माण गरेकेा कालिकोटको खुलालु माल्कोट सडककाे प्रकाण्डद्वारा अवलाेकन(तस्बिर सहित)

नेकपाले निर्माण गरेकेा कालिकोटको खुलालु माल्कोट सडककाे प्रकाण्डद्वारा अवलाेकन(तस्बिर सहित)

  • आइतवार, मंसिर २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 22.1K
    SHARES

मङ्सिर २३, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीले आफ्नै लगानीमा निर्माण गरेकेा कालिकोट जिल्लाको खुलालु मालकोट सडकखण्ड अाज (अाइतवार) पार्टी स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डले अबलाेकन गरेका छन् ।

कालिकोटको नरहरिनाथ गाउँपालिका वार्ड ६ माल्कोट पुग्ने ग्रामीण सडकखण्डको  झण्डै साढे ५ किमि पर्ने सडक मध्य ३ किमि सडक निर्माण सम्पन्न भइसकेकेा छ । बाकी सडक खन्ने कार्य जारी छ । सडक खन्ने सिलसिलामा बिचमा ठुलो चट्टान अाएपछि केही समयलाई खन्ने काम रोकिए पनि अब लगत्तै खन्न सुरु गरिने सडक उपभोक्ता समितिका अध्यक्ष बल बहादुर बुढा अविचलले बताए ।

उक्त सडकको गत फागुन १ गते जनयुद्ध दिवशको अवसर पारेर उद्घाटन गरिएको थियाे । ससस्त्र जनयुद्ध सुरु गर्नुभन्दा अघि देखि निर्माणको योजना बनाईएको उक्त सडक २५ बर्षपछि नेकपाले निर्माण गर्न लागेको हो ।

सडककाे अबलाेकनपछि प्रवक्ता प्रकाण्डले सडक निर्माण सम्पन्न भएपछि साे क्षेत्रका नागरिकलाइ अावत जावतका साथै अार्रथीक उपार्जनमा समेत सहज हुने धारणा राखे । गिरफ्तारपछि पहिलाेपटक माल्काेट पुगेर सडककाे अवलाेकन गर्न गएका प्रकाण्डलाइ स्थानीयले त्यहाँ ब्याप्त समस्याका बारेमा समेत जानकारी गराएका थिए ।

जवाफमा उनले भष्ट्र र दलाल सरकारले विकासको काम अल्झाएको भन्दै भष्ट्रका बिरुद्ध सर्घष गर्नुपर्ने बताए । साथै नेकपाकाे केन्द्रिय नीति अनुसार नै विकास निर्माणका कार्यहरू अाफ्नाे पार्टीले गरिरहेकेा बताए ।

प्रवक्ता प्रकाण्ड सँगै पार्टीका केन्द्रीय सदस्य एवम् कर्णाली ब्युरो ईन्चार्ज एटम, केन्द्रीय सदस्य अादर्श, कालिकोट जिल्ला ईन्चार्ज समर, क्रान्तिकारी पत्रकार सँगठनका अध्यक्ष प्रकाश डुम्रे, जुम्ला जिल्ला सेक्रेटेरी सुप्रभात लगाएतको टोली पनि सहभागी थिए ।

झण्डै ढेड बर्ष पछि गाउँ पुगेका प्रवक्ता प्रकाण्डलाई विभिन्न गाउँमा गाजाबाजा सहित गाउँमा भब्य स्वागत एवम् अभिनन्दन गरेका थिए । लामो समयको हिरासत बसाइँ पछि पहिलो पटक अाफ्नो गाउँ पुगेका प्रवक्ता प्रकाण्डलाई देखेपछि कतिपय गाउँमा स्थानीयहरु भाबुक बन्दै अँकमाल समेत गरेका थिए ।

 

छुट्याे कि !

विकास निर्माणमा जुट्यो नेपाल कम्युनिष्ट पार्टी ,कालिकोटको खुलालु माल्कोट सडक निर्माण गर्ने

 

नेपाल कम्युनिष्ट पार्टीद्वारा कालिकोटको खुलालु माल्कोट सडक निर्माण सुरू

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी