रुकुम,मङ्सिर २३ ।
नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको जनपरिषद रुकुमले जिल्लाको अाठबिसकोट नगरपालिका वार्ड नम्बर ३ का अग्निपिडित हर्कबिर नेपालीको परिवारलाई रु ७५,००० हजार नगद सहित १३ जना पार्टीका नेता तथा कार्यकर्ताले ५ दिन सम्म श्रमदान गरेका छन ।
अाज अाठबिसकोटमा अायोजित राहत वितरण कार्यक्रममा बोल्दै जिल्ला जनपरिषद प्रमुख चन्द्र बहादुर खडकाले जनता सगँ जनपरिषद सगै हातेमालो गर्ने बताए । कार्यक्रममा बिशेष अतिथि तथा जिल्ला सेक्रेटरी चन्द्र बहादुर बुढाले जनताका दुखसुखमा अाफ्नो पार्टीले सधैं हातेमालो गर्दै जाने बताउनु भयो ।
सेक्रेटरी बुढाले जनताका अाधारभुत अावश्यकता बारे पार्टी गम्भीर बनेको र यस्ता घटनाहरुमा सहयोग एवम् सहकार्य गर्ने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

