ए डिभिजन लिगमा आज तीन खेल हुँदै

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

  • आइतवार, मंसिर २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, मंसिर २३ ।
शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार ३ वटा खेल हुने भएका छन् । सातदोबाटोमा २ वटा र एपीएफ मैदान हलचोकमा एउटा खेल हुने छ ।

एन्फा मैदान सातदोबाटोमा आइतबार बिहान ११ बजे हुने खेलमा बिभागीय क्लब एपीएफ र सरस्वती युवा क्लब भिड्नेछन् । जारी सिजनमा एपीएफले अहिलेसम्म २ खेलमा जित र एक खेलमा बराबरी गर्दै ७ अंक जोडेको छ ।

यसैगरी सरस्वती क्लबले पनि अहिलेसम्म २ खेल मात्र जित्न सफल भएको छ । जारी सिजनमा दुवै टिमले राम्रो प्रदर्शन गर्न नसकिरहेका बेला आइतबार दुवै टिम स्पष्ट तीन अंकको खोजिमा हुने छन् ।

दिउँसो साढे २ बजे एन्फा मैदानमा थ्री स्टार र जावलाखेल युथ क्लब भिड्नेछन् । जारी सिजनमा थ्री स्टारले ६ मध्य ५ खेल जित्दा एउटा खेलमा पराजित भएको थियो ।

१५ अंक जोडेर तेस्रो स्थानमा रहेको थ्री स्टार आज विजयी भए शीर्ष स्थानको मनाङलाई गोल अन्तरका आधारमा पछि पार्ने छ । जावलाखेल ४ अंकसहित तालिकाको ११औं स्थानमा रहेको छ।

आइतबार नै दिउँसो साढे २ बजे एपीएफ मैदान हलचोकमा च्यासल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्नेछन् । ७ अंक जोडेको च्यासल सातौं स्थानमा रहँदा ५ अंक जोडेको फ्रेण्ड्स १०औं स्थानमा छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ