ओली नभए प्रचण्डले बैठक बसाल्न पर्यो : गौतम

ओली नभए प्रचण्डले बैठक बसाल्न पर्यो : गौतम

  • आइतवार, मंसिर २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एमाले र माओवादीको एकीकरण पछि बनेको सत्तारुढ नेकपा भित्रको आन्तरीक कलहको पछिल्लो नमुना ४ जना बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल , वामदेव गौतम र नारायणकाजी श्रेष्ठको बैठक बहिष्कारले ठूलो सरगर्मी मच्चाएको छ ।
हक्की स्वभावका गौतमले जहिले पनि प्रधानमन्त्रीले नभ्याएका कारण बैठक घण्टौ कुर्नु पर्ने, ओली नभए बैठकै नबस्ने, स्थगित गर्ने गरिएको भन्दै अब प्रधानमन्त्री ओली या प्रचण्ड एक जना नभए पनि बैठक बस्ने र आफूहरुले नया परम्पराको शुरुवात गरेको बताएका छन् ।
बहुमतका आधारमा निर्णय गर्ने परम्परा शुरु भएकोले अब आफूहरु बहिष्कार गर्ने चार जना र एक जना अध्यक्ष प्रचण्ड या ओली जो आए पनि बैठक बसाईने जिकिर गौतमले गरे ।
उनले अध्यक्ष पदका कारण मात्रै बरिष्ठ भए पनि आन्दोलनको ईतिहासका हिशाबले समकक्षी साथीहरुलाई तीन घण्टा सम्म कुराउने गरिएको भन्दै पार्टीको निर्णय भने मान्ने जिकिर गरेका छन् ।
बैठक छाडेर हिडे पछि प्रचण्ड र ओलीले पालै पालो फोन गरेर बोलाए पनि गौतम सहित अन्य नेताहरुले बैठकमा फर्कन अस्वीकार गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ