न्याय माग्न आँखामा कालो पट्टि बाँधेर सडकमा

न्याय माग्न आँखामा कालो पट्टि बाँधेर सडकमा

  • शनिबार, मंसिर २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, २२ मंसिर ।

बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको न्यायका लागि काठमाडौँमा प्रदर्शन भएको छ । जस्टिस फर निर्मला अभियानले शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो ।

‘अहिले नजुटे कहिले जुट्ने ?, हामी नजुटे अरु को जुट्ने ?’ स्लोगनसहित निर्मलाको न्यायका निम्ति डा. गोविन्द के.सी सहितकाहरु प्लेकार्ड बोकेर सडकमा आएका हुन् ।

यसमा प्रधानमन्त्रीलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री लेखिएको प्लेकार्ड लगाएर युवाले आँखामा पट्टि बाँधेर प्रदर्शन गरेका छन् । यस्तै पछिल्लो समय देशभर टाँसिन थालेका निर्मलाका पोस्टहरु पनि सहभागीले बोकेका थिए ।

उनीहरुले सडकमा नाटक पनि प्रस्तुत गरेका थिए । एउटा प्लेकार्डमा ‘थरी थरी नेता, थरी थरी ताल, गोर्खालीको देशमा न्यायको अनिकाल’ लेखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ