गृहकार्य नगर्दा शौचालय सफा गर्ने सजाय, न्यायिक समिति र प्रहरीमा उजुरी

गृहकार्य नगर्दा शौचालय सफा गर्ने सजाय, न्यायिक समिति र प्रहरीमा उजुरी

  • शनिबार, मंसिर २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.2K
    SHARES

जनकपुरधाम, २२ मंसिर । विद्यालयबाट प्राप्त गृहकार्य गर्न बिर्सिएका विद्यार्थीलाई शिक्षकले शौचालय सफा गर्न लगाएपछि अभिभावकले गाउँपालिकाको न्यायिक समिति र प्रहरीमा उजुरी गरेका छन् ।

धनुषाको बटेश्वर गाउँपालिका १ का विन्देश्वर महतोका ११ वर्षीय छोरा बसन्तकुमार महतोलाई गाउँकै सनसाइन बोडिङ्ग स्कुलका शिक्षकले सबै गृहकार्य नगरेको भन्दै शौचालय सफा गर्न लगाएर सजाय दिपछि उनका अभिभावकले बिद्यालयमा अाएर घटनाबारे बुझ्दा विद्यालयका प्रधानाध्यापक सहित शिक्षकले गाली गरेपछि उजुरी गरेका हुन् ।

कक्षा ५ मा अध्ययनर बसन्त र उनका साथी शत्रुधन साह र सुर्दशन शर्मालाई मंगलबार अंग्रेजी विषयमा चारवटा गृहकार्य गरेर ल्याउन भनेका शिक्षक फ्रेकी चेम्जोङले एउटा गृहकार्य छुटेपछि शिक्षकले सजाय स्वरुप शौचालय सफा गर्न लगाएका थिए ।

विद्यालयमा शौचालय सफा गर्न लगाइएकोबारे बसन्तले घर आएर बुवालाई सुनाएपछि विद्यालयका प्रधानाध्यापक श्रवणकुमार महतो र अंग्रेजी शिक्षकलाई घटनाको विषयमा गुनासो गर्दा उल्टै आफूलाई गाली गरेको उनको भनाइ छ।

आफ्नो छोराले कुनै प्रकारको गल्ती गरेको हो भने त्यो जानकारी अभिभावकलाई नगराई सोझै बच्चालाई  गलत छाप पर्ने खालको सजाय दिएपछि आफूले विद्यालय र शिक्षकविरुद्धमा गाउँपालिकाको न्यायिक समिति र बटेश्वर प्रहरी चौकीमा उजूरी दिएको विन्देश्वरले जानकारी दिए।

बटेश्वर गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समिति संयोजक प्रमिला महतोले उजूरी दर्ता भएकोले छानबिन सुरु गरिसकेकाे बताइन् ।

प्रअले यी आरोपहरु निराधार रहेको र आफूले कुनै विद्यार्थीसँग यस्तो व्यवहार नगरेको बताएकाे र  न्यायीक समितिले थप  अनुसन्धानका लागि आइतबार विषयगत शिक्षकलाई पत्र काटेर बोलाउने र उनको कुरा सुनेपछि दुवै पक्षबीच छलफल बोलाउने तयारी गरेको महतोले जानकारी दिएकी छन्।

विद्यालयका प्रअ श्रवण महतोले भने विद्यालयको बदनामी गर्न सुनियोजित आरोप लगाइएको बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ