शृङ्खला मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन्

शृङ्खला मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन्

  • शनिबार, मंसिर २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

२२ मंसिर, काठमाडौं । मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिएको छ ।

चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भए पनि उनले इन्टर कन्टिनेन्टल उपाधि जित्न नसकेपछि उनको यात्रा यतिमै सिमित बनेको हो ।

उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।

मिस नेपाल शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड पनि शीर्ष १२ मा पुगेका थिए ।

यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी