बाँके, २२ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टीका बाँके जिल्ला सदस्य एवं अखिल नेपाल क्रान्तिकारी टे«ड युनियनका केन्द्रीय सदस्य बसन्त विकलाई प्रहरीले गिरफ्तार गरेको छ ।
विकलाई शुक्रवार कोहलपुर नगरपालिका कौशीलानगरबाट पक्राउ गरेको हो । नेकपा बाँकेले विकलाई राजनीतिक प्रतिसोधका कारण पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।
बाँके इन्चार्ज एवं सेक्रेटरी अर्जुनले विज्ञप्ति निकाल्दै विकका पक्राउ प्रति आपत्ति जनाउनुभएको छ । विज्ञप्तिमा भनिएको छ,‘ हाम्रो पार्टी या गिरफ्तारीको घोर निन्दा एवं भत्र्सना गर्दछ, र विकको रिहाईको जोडदार माग गर्दछ । ’
जिल्ला सदस्य विकलाई रिहाई नगरे र आउँदा दिनमा यस्ता घटना दोहोराए प्रतिरोधमा उत्रने अर्जुनले चेतावनी दिनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline