संकटा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुुटबलको दोस्रो स्थानमा उक्लियो, पुलिसले अग्रता जोगाउन सकेन

संकटा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुुटबलको दोस्रो स्थानमा उक्लियो, पुलिसले अग्रता जोगाउन सकेन

आइतबार तीन खेल

  • शनिबार, मंसिर २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, मंसिर २२ । संकटा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

लिगमा शनिबार सुरु भएको सातौं चरणको खेलमा न्यूरोड टिम (एनआरटी)लाई १—० ले हराउँदै संकटाले जित निकालेकाे हाे ।

संकटालाई विजयी गराउन विदेशी खेलाडी एलोन म्यासवेलले निर्णायक गोल गरे । खेलको इन्जुरी समयमा म्याक्सवेलले गोल गर्दै संकटालाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।

उता ‘ए’ डिभिजन लिगअन्तर्गत् शनिबारै भएको पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले १/१ गोलको बराबरी खेले ।

हलचोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा भएको खेलमा पुलिसले १ गोलको अग्रता जोगाउन सकेन ।

खेलको ३१औं मिनेटमा भरत शाहले गोल गर्दैै पुलिसलाई अग्रता दिलाएका थिए । तर, ७०औं मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले १ गोल फर्काउँदै खेल बराबरी गरे ।

यी खेलहरुपछि ‘ए’ डिभिजन लिग फुटबलको अंकतालिकामा ७ खेलबाट १८ अंक जोडेको संकटा दोस्रो स्थानमा उक्लिएको हो ।

समान १८ अंक नै भएपनि एक खेल कम खेलेको मनाङ–मर्स्याग्दी क्लब गोलअन्तरका आधारमा तालिकाको शीर्ष स्थानमा यथावत् छ ।

आइतबार तीन खेल

प्रतियोगिताअन्तर्गत् आइतबार तीन खेल हुनेछन् । एन्फा मैदान सातदोबाटोमा सशस्त्र प्रहरीको एपीएफ क्लब र सरस्वती युथ तथा थ्रीस्टार र जावलाखेल युथ क्लब भिड्दा हलचोक मैदानमा च्यासल युथ र फ्रेन्ड्स क्लब आमने–सामने हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ