विराटनगरमा आजदेखि बैजनाथपुरमा क्रिकेट क्याम्प

विराटनगरमा आजदेखि बैजनाथपुरमा क्रिकेट क्याम्प

  • शनिबार, मंसिर २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

विराटनगर, २२ मङ्सिर। 

महिला सहभागिता बढाउन लैङ्गिक समानताको वकालतसहित विराटनगरमा दोस्रो पटक क्रिकेट प्रशिक्षण गरिने भएको छ ।

नेपाल क्रिकेट फाउण्डेशनले आज मङ्सिर २२ देखि पुस २ गते सम्म स्थानीय बैजनाथपुर क्रिकेट मैदानमा विराटनगर क्रिकेट क्याम्प आयोजना हुने भएको हो । क्याम्पमा अफ्रिका र एशियामा २० वर्षदेखि क्रिकेट प्रशिक्षण दिँदै आएका इङ्लिस एण्ड वेल्स क्रिकेट बोर्डका लेभल ३ कोच जोनाथन लि बोथले खेलाडीलाई प्रशिक्षण दिनुहुने छ ।

गत सालको क्याप्पका सहभागी, विराटनगर ट्यालेन्ट हन्टवाट छनोट भएका खेलाडी र विराटनगर क्रिेकट क्लब एण्ड एकेडेमीका खेलाडी र दुई विद्यालयका १२० छात्रा सहभागी हुनेछन् । आयोजकले गत वर्ष आयोजना गरेको क्याम्पमा १३० जनाको सहभागिता थियो ।

दिगो विकासका लक्ष्यको बँुदा ५ मा भएको लैङ्गिक समानताको लक्ष्यलाई जोड दिई आयोजित सो क्याम्मको मुख्य नारा ‘समाज विकासका लागि खेलकूद’ रहेको छ । क्याम्पमा लैङ्गिक समानताको विषयलाई मैदानमा रही कसरी सहजीकरण गर्ने भन्ने बारेमा उपस्थित खेलाडी, प्रशिक्षक, शिक्षक तथा खेलसंग सम्बन्धित कर्मचारीलाई समेत प्रशिक्षण दिइने नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ