मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आजः श्रृंखला खतिवडाले जित्लिन् ?

मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आजः श्रृंखला खतिवडाले जित्लिन् ?

  • शनिबार, मंसिर २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

काठमाडाैं, २२ मंसिर ।

चीनको सान्यामा आयोजना गरिएको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आज । आजको अन्तिम प्रतिस्पर्धामा अन्तिम १५ पछि अन्तिम ५ को छनोट गरी उपाधि घोषणा गरिनेछ ।

एक महिनादेखि विभिन्न विधामा भैरहेको प्रतियोगिताका स्पर्धामा १ सय १८ मुलुकका सुन्दरीले सहभागीता जनाएका छन् । प्रतियोगितामा सहभागी हुन चीन पुगेकी मिस नेपाल २०१८ श्रृंखला खतिवडाले दुई वटा महत्वपूर्ण स्पर्धामा जित हासिल गर्दै अन्तिम ३० मा स्थान बनाएकी छिन् ।
श्रृंखलाले मिस वल्र्डको ब्यूटी विथ अफ पर्पस अवार्ड जितेकी छिन् । सन् २०१३ मा ईशानी श्रेष्ठले जितेको ब्यूटी विथ अफ पर्पस अवार्ड नै अहिलेसम्म नेपालले मिस वर्ल्डमा हासिल गरेको एक मात्र टाईटल अवार्ड हो । २३ वर्षिय श्रृंखलाले ललितपुरको पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसबाट आर्किटेक्ट इन्जिनियरिङमा स्नातक गरेकी छिन् ।

उनका बुबा विरोध खतिवडा नेकपाका केन्द्रिय सचिवालय सदस्य तथा सांसद हुन् भने आमा मुनु खतिवडा नेकपा मकवानपुरकी अध्यक्ष तथा प्रदेश सभा ३ कि सासंद हुन् । राजनीतिक पृष्ठभुमि र अध्ययनमा अब्बल भएका कारण पनि श्रृंखलाले मिस वर्ल्डमा नेपाललाई कुनै न कुनै उपाधि जिताउने आशा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी