पूर्वपतिसँग सरस्वतीको ‘डिभोर्स सेलिब्रेसन’: यसकारण बन्याे सम्बन्ध विच्छेद उत्सव

पूर्वपतिसँग सरस्वतीको ‘डिभोर्स सेलिब्रेसन’: यसकारण बन्याे सम्बन्ध विच्छेद उत्सव

  • शनिबार, मंसिर २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

२२ मंसिर, काठमाडौं । सम्वन्ध विच्छेद गरेपछि पनि साेहार्द रूपमा भेटघाट र लन्च हाेला ? प्राय सबैले इन्कार नै गर्छन् ।डिभाेर्स पछि हरेक जोडीहरु हम्मेसी आपसमा भेट्न चाहदैनन् डेट गर्ने त निकै टाढाको कुरा हाे । उनीहरु एक–अर्काप्रति अनेक अाराेप प्रत्याराेपमा उत्रन्छन् र तुष पालेर बसेका हुन्छन् । तर, साहित्यकार सरस्वती प्रतीक्षा यसमा अपवाद कै रूपमा देखा परिन् ।

चर्चित साहित्यकार सरस्वतीले आफ्ना पूर्वपतिसँग सँगै रेस्टुरेन्टमा लन्च गरेको फोटो सामाजिक सञ्जालमा सेयर गरिन् । र लेखिन् ‘डिभोर्स लिएको चार वर्ष पूरा भएको उपलक्ष्यमा’ यो भेटघाट सहितकाे लन्च भयाे ।्र

‘सम्वन्ध विच्छेदपछि आ–आफूले बाँचेको जीवनको समीक्षा पनि गरियो । सेलिब्रेट गर्न जान्यो भने सम्बन्ध विच्छेद एक उत्सव बनिदिँदो रहेछ,’ उनले लेखेकी छन् ।

सरस्वतीको स्टाटसमा तीव्र प्रतिक्रिया आइरहेका छन् । कतिपयले उनको प्रशंसा गरेका छन् भने कतिले भेट्नु नै थियो भने कि छुट्टिएको भनेर कटाक्ष गरेका छन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले लेखेका छन्, ‘हो नि, राम्रै भयो ।’

कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतमले कटाक्ष गर्दै लेखेका छन्, ‘सम्बन्धको स्मशानलाई आदर्श नठानौं साहित्यकारज्यू ।’सरस्वती र ठाकुरका एक छोरा छन् । श्रीमानसँग डिभोर्सपछि आफ्नो हिस्साको सम्पत्ति लिएर सरस्वती पोखरामा बस्दै आएकी छिन् । छोरा उनीसँगै बस्छन् । उनका पूर्वपति ठाकुर पनि पोखरामै बस्छन् । उनी एक व्यवसायी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ