ईपीएल क्रिकेटको तेस्रो संस्करण आजबाट सुरु हुँदै

ईपीएल क्रिकेटको तेस्रो संस्करण आजबाट सुरु हुँदै

  • शनिबार, मंसिर २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आजबाट सुरु हुँदैछ ।

घरेलु क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाईज प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदै छ ।

काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज दिउँसो १ बजे सुरु हुने उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्सले प्रतिस्पर्धा गर्ने छन् ।

पारस खड्काको विराटनगर र ज्ञानेन्द्र मल्लको ललितपुर पहिलो खेलमा सफलता हात पार्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।

राष्ट्रिय टोलीका कप्तानसमेत रहेका पारस खड्का नेतृत्वको विराटनगरले गतवर्ष शरद भेषावकर नेतृत्वको भैरहवा ग्लाडियटर्सलाई पराजित गर्दै उपाति जितेको थियो ।

कप्तान पारसले यस पटक पनि आफूहरुले उपाधि रक्षाकै लागि खेल्ने दाबी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ