सत्तारुढ दल नेकपालाई मान्यता दिएको भन्दै ऋषि कट्टेलले हाले सर्वोच्चमा रिट

सत्तारुढ दल नेकपालाई मान्यता दिएको भन्दै ऋषि कट्टेलले हाले सर्वोच्चमा रिट

  • शनिबार, मंसिर २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले  निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई संविधान र निर्वाचन ऐनविपरित दर्ता गराएको भन्दै सो पार्टीले शुक्रबार सर्वोच्च अदालतमा उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आदेशको माग गदै रिट दायर गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग नाम जुधाएर सत्ताधारी पार्टी ‘‘नेपाल कम्युनिष्ट पार्टी’  (ने क पा)’ लाई देशको संविधान र निर्वाचन ऐन विपरित आयोगमा दर्ता गराएको र त्यसका विरुद्ध निर्वाचन अयोगमा उजुुरी  दिँदा उल्टै आयोगको इजलाशले संविधान र निर्वाचन ऐन उल्लंघन गरेर गलत फैसला गरेको सो पार्टीले आरोप लगएको छ ।
रिट दायर गरेलगत्तै सो पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,   ‘‘नेपाल कम्युनिष्ट पार्टी’ कोष्ठ भित्रको (ने क पा)’ लाई दिएको  दर्तालाईनै सदर गर्दै पुनः संविधान र निर्वाचन ऐन विपरित गएकोले त्यस गलत फैसलामा चित्त नबुझी नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज सर्वोच्चमा रिट दायर गरेको हो ।’

रिट दर्ता गरेपछि सर्वोच्चले यही २०७५ मंसीर २४ गते पहिलो पेशीको तारिख दिएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ