काठमाडौं, १ मंसिर ।
पूर्वमन्त्री समेत रहेका कालिका कन्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।
पाण्डे मुख्य मालिक रहेको कालिका कन्ट्रक्सनले सिक्टा सिंचाई अयोजना सम्पन्न गर्ने ठैक्का पाएको थियो । अयोजना निर्माणमा उनलै नियौजित रुपमा कमजोर संचरना बनाएर भ्रष्टचार गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टचार निवारण ऐनअनुसार शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । सिक्टा सिँचाई आयोजना निकै कमजोर र गुणस्तरहीन निर्माण गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
पाण्डे पुर्ववनमन्त्री समेत हुन् । ठेक्का पाएका देशका अधिकांश ठेक्काका काम कमजोर र गुणस्तरहीन भएको भन्दै स्थानीयहरुले गुनासो गर्दै आइरहेका छन् । त्यस्तै पाण्डेले मन्त्री रहँदा र पैसाको आडमा पद र शक्तिको दुरुपयोग गरेको जनगुनासो र प्रमाण भेटिएको भन्दै नेकपाले पटकपटक गल्ती सुधार्न र भ्रष्टाचार गरेको रकम फिर्ता गर्न सचेततासहित चेतवानी दिइँदै आइरहेको अवस्थाबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा मुद्दा दायर गरेको हो । पाण्डेविरुद्धको मुद्दामा २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैया भ्रष्टाचार गरेको भन्दै विगो दाबी गरिएको छ । दर्तासँगै सबैको ध्यान तानिएको छ ।
त्यस्तै आयोजनाका तत्कालीन प्रमुखहरु सरोजचन्द्र पाण्डित, दिलिपबहादुर कार्की र रमेश बस्नेत, सीडीई मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी र प्रकाशबहादुर कार्कीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
सिंचाई विभागका सुपरिसेन्डिङ इन्जिनियर कमलप्रसाद रेग्मी, सीडीई रविनाथबाबु श्रेष्ठ र अशिषचन्द्र खनालविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको छ । यो आयोजनाको ठेक्का कालिका कन्स्ट्रक्सन र सीटीसीई जेभीले पाएको थियो । सीटीसीईका प्रतिनिधि युवराज क्षेत्रीर कन्सल्टेन्ट उद्ववराज चौलागाईविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
ठेकेदार पाण्डे २०७० को दास्रो संविधानसभाको चुनावमा अकुत रकम खर्च गरेर विजयी भएको चर्चा चितवनको उनको निर्वाचन क्षेत्रमा अझै पनि सेलाएको छैन । उनी राप्रपबाट चुनावी उम्मेद्वार बनेका थिए । पार्र्टीलाई पैसा बुझाएर टिकट हात पारेको भन्दै तत्कालीन अवस्थामा राप्रपाभित्रै रडाको मच्चिएको पनि थियो । तर योपटकको संघीय प्रतिनिधि सभाको चुनावमा भने सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डसँग सोही क्षेत्रमा पराजित भएका थिए । पराजितपछि उनी ठेक्कापट्टाकै काममै रहेका छन् ।