रातोपुल गोलीकाण्डः डकैती मुद्दामा फरार अभियुक्त पक्राउ, को हुन् प्रहरीको गोली लागेर घाइते भएका राजन ?

रातोपुल गोलीकाण्डः डकैती मुद्दामा फरार अभियुक्त पक्राउ, को हुन् प्रहरीको गोली लागेर घाइते भएका राजन ?

  • शुक्रबार, मंसिर २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

२१ मंसिर, काठमाडौं ।प्रहरीले इटहरीमा डकौती गरेर भागेका राजन लिम्बुलाई  काठमाडौंको रातोपुलमा बाट पक्राउ गरेकेा छ । लिम्बुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गोली प्रहार गरेर पक्राउ गरेको हो । उनको खुट्टामा गोली लागेको छ । वीर हस्पिटलको ट्रमा सेन्टरमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको दाबी गर्दै प्रहरीले उनकाे साथमा हतियार समेत रहेकेा जनाएकाे छ ।

६ वर्ष जेल बसेर छुटेका उनको साथबाट चाइनिज पेस्तोल र चार राउण्ड गोली भेटिएको प्रहरीको दाबी छ ।लिम्बुले पछिल्लो समय इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरका सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटेका थिए ।

लिम्बुको घर पनि इटहरीमै छ । त्यसअघि ०६३ सालमा उनले रोयल कोअपरेटिभ लिमिटेडको कार्यालयमा प्रवेश गरेर ११ लाख ३० हजार रुपैयाँ लुटिएको घटनामा पनि संलग्न भएको प्रहरीको भनाइ छ । उनले त्यतिवेला पेस्तोल देखाएर लुटपाट गरेका थिए ।

उनको साथबाट एउटा चाइनिज पेस्तोल र चार राउण्ड गोली समेत बरामद भएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।लिम्बु ६ वटा घटानमा संलग्न रही प्रहरीको वान्टेड सूचीमा रहेको बताएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ