पेशागत सुरक्षामा ध्यान दिन प्रदेश मुख्यमन्त्री सुब्बाकाे निर्देशन

पेशागत सुरक्षामा ध्यान दिन प्रदेश मुख्यमन्त्री सुब्बाकाे निर्देशन

  • शुक्रबार, मंसिर २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

पोखरा, २१ मंसिर । प्रदेश नम्बर चार (गण्डकी प्रदेश) का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरूङ्गले पत्रकारहरूमाथी विभिन्न पक्षबाट भैरहेका भौतिक आक्रमणका घटना नियन्त्रण गर्दै पेशागत सुरक्षा कायम गर्न मातहतका निकायहरूलाई निर्देशन गर्ने बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघ प्रदेश समितिको नेतृत्वमा गएकाे पत्रकारकाे टाेलीले बुझाएकाे ज्ञापनपत्र लिदै मुख्यमन्त्री सुब्बाले साे कुरा बताएका हुन् ।

टोलीले पत्रकारमाथी भैरहेका आक्रमण, पेशागत सुरक्षा र विभिन्न समस्याहरू समेटिएको १२ बुंदे ज्ञापनपत्र बुझाएको छ ।

उक्त कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश नम्बर पाँच र सातका ईन्चार्ज समेत रहेका लोकराज जैसीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरू विकराल बन्दै गएकाले आफ्नो संगठनले पत्रकारीताका क्षेत्रबाट त्यस विषयमा सचेत पार्ने खालका कार्यक्रमहरू देशब्यापी रूपमा चलाउँदै आएको जनाउदै मुख्यमन्त्री सुब्बाको ध्यानाकर्षण गराए ।

पत्रकार जैसीले श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी, सानालगानीका मिडियाको संरक्षणका साथै समानुपातिक विज्ञापन प्रणाली तत्काल कार्यान्वयनका लागि पहल गर्न आग्रह गरे ।

मुख्यमन्त्री सुब्बालाई संगठनको ज्ञापन पत्र बुझाउने क्रममा क्रान्तिकारी पत्रकार महासंघका प्रदेश संयोजक गोपाल जिसीले आफ्नो संगठन अघिसारेका मागहरू पढेर सुनाउँदै त्यसको कार्यान्वयन नगरेमा बाध्य भएर सघर्षमा उत्रिने चेतावनी समेत दिए ।

संयोजक जिसिले संगठनले उठाएका माग पुरा नगरे कडा संघर्षमा जाने चेतावनी दिदै भने-‘हाम्रा मागहरू अविलम्ब कार्यान्वयन नगरी आलटाल गरेमा हाम्रो संगठन चरणबद्ध सघर्षको प्रकृयामा जान बाध्य हुने छ । त्यसमा सरकारको ध्यानाकर्षण गराउँदछौं ।’

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सुब्बाले सरीआरले ल्याएको संहिता ऐनका विषयमा आएका सुझावहरूमाथी छलफल गरिने र प्रदेश स्तरमा समानुपातिक विज्ञापन प्रणालीको कार्यान्वयन तथा साना लगानीका मिडियाको संरक्षणाको लागि पहल गर्ने बताए ।

पत्रकारको सुरक्षा व्यवस्थामा तत्काल ध्यान दिने प्रतिवद्धता जनाउदै मुख्यमन्त्री सुब्बाले भने-‘विभिन्न पक्षबाट हुनेगरेका पत्रकारमाथी भौतिक आक्रमण रोक्न हाम्रो प्रयास रहन्छ । पत्रकारको हक अधिकारबारे हामी सकारात्मक छौं ।’

एक जिज्ञासामा मुख्यमन्त्री सुब्बाले आफ्नो कार्यालयमा नेपालको भूमि गायव गरिएको नक्सा नभएको जनाउँदै सरकारले राष्ट्र र जनताको हितमा काम गर्ने बताए ।

उक्त कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउत, कार्यालय सदस्य लोकराज जैसी र नेकपा क्रान्तिकारी माओवादी कास्कीका सेक्रेटरी कर्णबहादुर पुनको विशेष सहभागिता रहेको थियो भने संगठनका प्रदेश नेताहरूको सहभागिता रहेको थियो ।

क्रान्तिकारी पत्रकार महासंघको पोखरामा हिजो सम्पन्न प्रदेश भेलाबाट निर्वाचित समितिको पहिलो बैठकले पत्रकारीता क्षेत्रको समस्याका विभिन्न पक्षहरूको विषयमा छलफल गर्दै मुख्यमन्त्री लगायत अन्य सम्बद्ध निकायहरूलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ