क्रान्तिकारी पत्रकार महासंघ चार नम्बर प्रदेश भेला सम्पन्न, जिसिकाे अध्यक्षतामा ७ सदस्यीय कमिटि निर्वाचित

क्रान्तिकारी पत्रकार महासंघ चार नम्बर प्रदेश भेला सम्पन्न, जिसिकाे अध्यक्षतामा ७ सदस्यीय कमिटि निर्वाचित

  • शुक्रबार, मंसिर २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) निकटको क्रान्तिकारी पत्रकार महासंघ चार नम्बर प्रदेश भेलाले गोपाल जिसिको अध्यक्षतामा सात सदस्यीय कमिट निर्वाचित गरेकेा छ ।

नेपाल पत्रकार महासंघको सभा हलमा सम्पन्न भेलाबाट  जिसिको अध्यक्षतामा एक सदस्य पछि थप्नेगरी सात सदस्यीय प्रदेश कमिटी निर्वाचित भएको हाे ।

अध्यक्षमा निर्वाचित पत्रकार जिसि तत्कालिन माओवादी जनयुद्धकालदेखि नै जनपक्षीय पत्रकारीताका क्षेत्रमा सकृय रहँदै आएका छन् । उनि हाल नवदृष्टि डटकममा सम्पादकका रूपमा कार्यरत छन् ।

त्यसैगरी प्रदेश कमिटीको सदस्यमा निर्वाचित सञ्जय तिवारी वर्गदृष्टि साप्ताहिकमा, राजेन्द्र सुवेदी हरपल नेपाल डटकममा, निर्मल पौडेल रेडियो कुशुममा, शोभा जिसी दाउन्ने साप्ताहिकमा र सुमन विश्वकर्मा रेडियो बुर्तिवाङमा कार्यरत रहेका छन् ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतको प्रमुख आतिथ्यता तथा पार्टीका पोलिट व्यूरो सदस्य एवं प्रदेश सेक्रेटरी श्याम र देजमो प्रदेश सेक्रेटरी केस बहादुरको विशेष आतिथ्यता रहेको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य निश्चल, कास्की सेक्रेटरी कर्ण, संगठनका सचिव रामकुमार, कार्यालय सदस्य लोकेश लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ५० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रम राजेन्द्र सुवेदीले सञ्चालन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ