रग्बी विश्वकपको ट्रफी अाज स्वयम्भू र पशुपतिमा राखिने

रग्बी विश्वकपको ट्रफी अाज स्वयम्भू र पशुपतिमा राखिने

  • शुक्रबार, मंसिर २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ ।  विश्व रग्वीको वार्षिक नियमित विशेष कार्यक्रमअन्तर्गत बुधबार साँझ नेपाल ल्याइएको रग्बी विश्वकपको ट्रफी बिहीबार सगरमाथाकाे आधार शिविर कालापत्थरमा पुर्याइएको छ।

नेपाल रग्बी सङ्घको समन्वयमा विश्व सम्पदाको सूचीमा रहेका स्थान एवं संसारकै ध्यान केन्द्रित हुने पर्यटकीय तथा संसारभरमै पदयात्राको लागि प्रचलित स्थान सर्वोच्च शिखर सगरमाथाको आधार शिविर पुर्याएको सङ्का अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिए ।

ट्रफी टुरमार्फत विश्व रग्बी परिवारमा नेपाललाई संसारभर चिनाउने कार्यमा समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ । अाज शुक्रबार ट्रफीलाई विश्व सम्पदा सूचीमा रहेका स्थानहरु स्वयम्भूनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वारमा प्रदर्शनी गरिँदै छ ।

“विश्व समुदायमाझ नेपाललाई चिनाउने प्रयासस्वरुप ट्रफीलाई विश्व सम्पदा सूचीमा समावेश सगरमाथाको आधार शिविर तथा स्वम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, पाटनदरबार स्क्वार लगायत स्थानमा घुमाइनेछ”, उनले भने ।

त्यस्तै भाेलि मङ्सिर २२ गते टुँडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलमा प्रदर्शनी गरिनेछ । फेस्टिभलमा नेपाली कलाकारहरुको प्रस्तुतिसँगै स्कुल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुने कार्यक्रम छ ।

रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा आयोजना हुँदैछ । एशियामा पहिलोपटक रग्बीको विश्वकप हुन लागेको हो । विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ