उपाधि दाबेदार आर्मीलाई फ्रेण्डसले रोक्यो

उपाधि दाबेदार आर्मीलाई फ्रेण्डसले रोक्यो

  • बिहिबार, मंसिर २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडाैं, २० मङ्सिर ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्डस क्लबले गोलरहित बराबरीमा रोकेको छ ।

सातदोबाटोस्थि एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा फ्रेण्डसले आर्मीलाई गोलरहित बराबरीमा रोकेपछि दुवै टोलीले अङ्क बाँडे । खेलमा आर्मीको आधा दर्जनभन्दा बढी प्रहारलाई फ्रेण्डसका गोलरक्षक देव लिम्बूले विफल बनाइदिएका थिए । यस खेलसँगै ६ खेल खेलेको आर्मी चार जीत र दुई बराबरीसँगै १४ अङ्क जोडेको छ । लिगको अङ्क तालिकामा भने आर्मी चौथो स्थानमा यथावत् छ ।

त्यस्तै समान खेल खेलेको फ्रेण्डस पनि पाँच अङ्कका साथ लिगको दशौँ स्थानमा यथावत् छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ