मौलिक कथामा लोक नाटक ‘लिलामे माइलो’

मौलिक कथामा लोक नाटक ‘लिलामे माइलो’

  • बिहिबार, मंसिर २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौंको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ मञ्चन भइरहेको छ ।

‘रिमेक ड्रामा’ बन्ने चलन आइरहेको अवस्थामा लिलामे माइलो भने पृथक नेपाली मौलिक कथामा आधारित रहेको छ । नाटकमा मगर समुदायको कथा वस्तुलाई समेटिएको छ । मङ्सिर १४ देखि शुरु भएको सो नाटक पुस ७ गतेसम्म नयाँ बानेश्वरको कुञ्ज थिएटरमा मञ्चन हुनेछ । “नाटक मञ्चन भइरहेको अवस्थामा नाटकको पात्र परिवेशअनुसारको बास्ना नाटक घरमा आउँदै गर्दा दर्शकलाई फरक खालको अनुभव हुन्छ जसले दर्शकलाई यथार्थ महसुश गराउन मद्दत पुग्छ,” निर्माता राजाराम गौतमले भन्नुभयो ।

नेपालको ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिहरुको स्थानीय रहनसहन, सँस्कृति, पर्व, गाउँले जीवनयापन गर्नेहरुको जीवनमा घट्ने घटनालाई कथामा उतारी अभिनयको माध्यमद्वारा नाटकका रुपमा प्रस्तुत गरिएको छ । कुञ्ज नाटक घरको प्रस्तुति तथा राजाराम गौतमको निर्माणमा बनेको नाटकको कथा÷निर्देशक प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण राज थापा काउचा, कलाकारहरु सलमान खान गुरुङ, निशा पाख्रिन (प्याकुली), राजन भुजेल (दुधे), पुष्पराज अवस्थी (जिम्वाल), विजय नेपाल (सानकाजी), वीरेन्द्र खाति, अलविना न्यौपाने (चन्द्रा), मनोज थापामगर (कान्छा), सञ्जीव राई (गाउँले), नमस्ते दिवाकर घिमिरे (सोमे), विपना थापा (जुुनु)लगायतको अभिनय रहेको छ ।नाटकलाई देशका विभिन्न थिएटरमा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत मञ्चन गर्ने गरी तयारी गरिएको निर्माता गौतमले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी