जनसभाबाटै दर्जनौं कार्यकर्ता नेकपामा प्रवेश, मान्मामा उलिर्एको जनसागरलाई तस्बीरमा हेरौं

जनसभाबाटै दर्जनौं कार्यकर्ता नेकपामा प्रवेश, मान्मामा उलिर्एको जनसागरलाई तस्बीरमा हेरौं

  • बिहिबार, मंसिर २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं, २० मंसिर ।

नेपाल कम्युनिस्ट पार्टी कालिकोटको आयोजनामा सदरमुकाम मान्मामा बुधबार सम्पन्न जनसभाबाट अन्य दलका दर्जनौं नेता कार्यकर्ता नेकपामा प्रवैश गरेका छन् ।

पूर्वएमाले र माओवादी केन्द्रबीच अपवित्र एकता भएको भन्दै विद्रोह गरी क्रान्तिको पक्षमा उभिएका नेता कार्यकर्ता नेकपामा प्रवैश गरेका हुन् नवप्रवेशीहरुलाई जनसभामा प्रमुख अतिथि नेकपाका प्रवक्ता प्रकाण्डलै टीका लगाई नेकपा प्रवेश गराएका थिए ।

प्रवेश गर्नेहरुमा जिल्ला तहका नेताहरु समेत रहेका छन् भने महिला, पुरुष, युवायुवतीहरु लामवद्ध भई प्रचण्डले धोका दिएपछि अलपत्रमा परेको क्रान्तिको झण्डालाई गन्तव्यमा पुरयाउने उद्देश्यसाथ आफूहरु नेकपामा प्रवेश गरेको प्रवेशीहरुले बताए ।

केपी ओली र प्रचण्डको नयाँ सत्तारुढ नेकपाले देश र जनतालाई भ्रममा पारेर स्वार्थ पूर्ति गर्नेबाहेक केही गर्न नसक्ने निस्कर्ष उनीहरुले निकालेका छन् । सोही अवसरमा नेपाली कांग्रेसबाट विद्रोह गरेर थुप्रै स्थानीय नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छ । उनीहरुले नेपाली कांग्रेसले जनताको अधिकार स्थापित गराउन भन्दा दलाल र बिचौलियाहरुको मतियार बन्दै गएको भन्दै आक्रोश व्यक्त गरे ।
प्रवक्ता प्रकाण्डलाई ४९ दिनसम्म झुठा मुद्दामा ‘दलाल सत्ता’ले प्रहरी हिरासतमा राखिएका भन्दै कोलिकोटका जनताको तर्फबाट ४९ केजीको फूलको माला लगाएर अभिनन्दन समैत गरेका थिए ।

केपी–प्रचण्ड नेतृत्वको पार्टीको ‘कम्युनिस्ट’ सरकारले देशलाई बर्बादी र नागरिकलाई दमन र अधिकारविहीन बनाएर तडपाउने कामबाहेक केही नसकेको भन्दै आफूहरुले विद्रोह गरेर परिवर्तन र अधिकारका लागि क्रान्तिकारी पार्टी नेकपामा प्रवेश गरेको नवप्रवेशीहरुको भनाई छ ।

नेकपामा रहेर देश र जनताको स्वाधीन, समृद्धि र अधिकारको लागि निस्वार्थ रुपले भूमिका निर्वाह गर्नै प्रतिवद्धतता समेत उनीहरुले व्यक्त गरेका थिए ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ