ललितपुरमा विशेष ट्राफिक व्यवस्थापनः सवारी साधनको आवागमन कम गर्नका लागि अध्ययन सुरू

ललितपुरमा विशेष ट्राफिक व्यवस्थापनः सवारी साधनको आवागमन कम गर्नका लागि अध्ययन सुरू

  • बिहिबार, मंसिर २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

ललितपुर, २० मंसिर । विश्व सम्पदा सूचीमा सुचीकृत स्थानमा सवारी साधनको चाप धेरै हुँदा पर्यटकलाई समेत बाधा पुगेकाे भन्दै ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा विशेष ट्राफिक व्यवस्थापन गर्ने भएको छ ।

मंगलबजार, र सो आसपासमा सवारी साधनको आवागमन कम गर्नका लागि अध्ययन भइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।  दरबार क्षेत्र र आसपासमा पार्किङले यस क्षेत्रका सडक अस्तव्यस्त बनेकाले पार्किङ नदिने र सडक एकतर्फी मात्रै सवारी साधन चल्न दिने महानगरपालिकाको योजना छ । सडक व्यवस्थापनको काममा नगर प्रहरी परिचालन गर्न महानगरले ५० नगर प्रहरीसमेत थप गर्दैछ ।

महानगरपालिकाले शुरु गरेको ‘महानगर ट्राफिक योजना’ अन्तर्गत सम्पदा क्षेत्रको ट्राफिक व्यवस्थापका लागि अध्ययन भइरहेको हो । स्थानीयवासीलगायत सबैले सहयोग गर्दा मात्रै यो योजना कार्यान्वयन गर्न सकिने उहाँले बताउनुभयो । पर्यटकको आगमन बढी हुने मंगलबजार, गावहाल, महापाल, सौगल, सुन्धारालगायत स्थानमा नै सवारी चाप बढी छ । ललितपुरको व्यापारिक केन्द्र पनि भएकाले जनप्रतिनिधि नहुँदा स्थानीय निकायले पटकपटक प्रयास गर्दासमेत एकातर्फी सवारी साधन सञ्चालन कार्यन्वयन हुनसकेको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ