शनिवारबाट हुने इपीएल क्रिकेटको तयारी पूरा, विदेशी खेलाडीहरु नेपाल आउने क्रम सुरु

शनिवारबाट हुने इपीएल क्रिकेटको तयारी पूरा, विदेशी खेलाडीहरु नेपाल आउने क्रम सुरु

  • बिहिबार, मंसिर २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौं, २० मंसिर । काठमाडौंमा शनिवारबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको दोस्रो संस्करण को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । शनिवार हुने उद्घाटन खेलमा ललितपूर प्याट्रिएट्सले विराटनगर वारियर्ससँग खेल्नेछ ।

यसपटक पनि प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । यी ६ टोलीहरु काठमाडौं किङ्ग्स, ललितपूर प्याट्रिएट्स, भैरहवा ग्ल्याडिएटर्स, पोखरा राईनोज, चितवन टाईगर्स र विराटनगर वारियर्स हुन् ।

ईपिएल क्रिकेटमा सहभागि हरेक टोलीमा तिन जना विदेशी खेलाडी अनिवार्य गरिएको छ ।यसपटक ईपिएलकै लागि आयरल्याण्डका केभिन ओब्रायन, युएईका रोहन मुस्तफा, हङकङका बाबर हयात र अंशुमान राथ, भारतका गौरब तमोर र सन्नी पटेल, नेदरल्याण्ड्सका रायन टेन डोच्टे, स्कटल्याण्डका केली कोट्जर, दक्षिण अफ्रिकाका रिचार्ड लेभी लगायतका खेलाडी काठमाडौं आउँदैछन् ।

टेस्ट तथा एक दिवसिय क्रिकेटमा समेत बर्चश्व बनाईसकेका खेलाडीहरुको आगमनले इपिएल क्रिकेटलाई बेग्लै उचाईमा पुर्‍याउने खेलाडीहरुको विश्वास रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ