मान्माको जनसभामा उर्लियो जनसागर, प्रकाण्डले सम्बोधन गर्दै

मान्माको जनसभामा उर्लियो जनसागर, प्रकाण्डले सम्बोधन गर्दै

  • बुधबार, मंसिर १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 21K
    SHARES

कालिकोट, १९ मंसिर ।

नेपाल कम्युनिस्ट पार्टी कालिकोट जिल्लाद्वारा आयोजनामा सदरमुकाम मान्मामा विशाल जनसभा चलिरहेको छ । जनसभामा जिल्लाका कुनाकुनाबाट जनसागर उर्लिएको छ ।

जनसभाका प्रमुख अतिथि नेकपा प्रवक्ता प्रकाण्ड रहेका छन् । अहिले कालिकोट जिल्ला ईन्चार्ज रणबीरले स्वागत मन्तव्य राखिसकैका छन् । ईन्चार्ज रणवीरले वर्तमान दलाल संसदीय व्यवस्था ध्वस्त पारेर जनताको सत्ता वैज्ञानिक समाजवाद स्थापना गर्न नेकपाको नेतृत्वमा मुलुकमा एकीकृत जनक्रान्तिको लहर चलिरहेको बताए ।

क्रान्तिप्रति श्रमजीवि तथा मजदुर, गाउँशहर र मध्यम वर्गको साथ समर्थन बढ्दै गइरहेको जनाउँदै दलालहरुलाई बस्तीबस्तीबाट खेद्ने र अपराधी, राष्ट्रघातीलाई कारवाही गर्ने क्रम नेकपाको नेतृत्वमा जनताले जारी राखेको बताए ।

जनसभामा सामना साँस्कृतिक परिवारले जनवादी गीत प्रस्तुत गरेको छ । जनसभामा प्रवक्ता प्रकाण्डलाई कालीकोटका ५ सय ५ै सहिद परिवारसहित कोलिकोटवासीको तर्फबाट फूलको मालासहित भव्य अभिनन्दन गरिएको छ । प्रकाण्डले जनसभालाई केहीबेरमै सम्बोधन गर्दैछन् । ग्रामीण क्षेत्रबाट जुलुस जनसभास्थलमा आइपुग्ने क्रम जारी छ ।

हजारौं संख्यामा टाढाबाट युवायुवती, महिला, विद्यार्थी, वृद्धवृद्धाहरु स्वफूर्त रुपमा जनसभामा आजै प्रकाण्डले सहिद पपरिवारलाई भेट् गर्ने कार्यक्रम रहैको आयोजकले जनाएको छ । जनसभालाई युवा टीमले विशेष सुरक्षा दिइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ