नवलपुर, मंसिर १९ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सह–संगठन सचिव रमेश कंडेलले आधुनिकताका कारण समाजमा बलात्कार, हत्या हिंसा जस्ता जघन्य आपराधिक क्रियाकलाप बढेको बताउनु भएको छ ।
विद्यार्थी परिषद्ले आयोजना गरेको मिसन साहसी नामक राष्ट्रव्यापी अभियानको मंगलबार समापन समारोहलाई संबोधन गर्दै सह संगठन सचिव कंडेले यस्तो बताउनु भएको हो ।
उहाँले जुन समाजमा नारीको सुरक्षा हुन्छ त्यो राष्ट्र मात्र सुरक्षित हुने भएकाले सम्पुर्ण नारीहरुको सम्मान हुनुपर्ने ्बताउनु भयो ।
प्राचिन सभ्यता नष्ट हुँदै गएको र आधुनिकतामा समाज ढल्कदै गएकाले आधुनिकताको नाममा समाजमा विकृति विसंगति भित्रिएको उहाँको धारणा थियो । यसैका कारण पनि समाजमा दिन प्रतिदिन बलात्कारको घटना बढेको आरोप लगाउनु भयो ।
महिलाको क्षेत्रमा काम गर्ने हजारौँ संघ–संस्था भए पनि महिलामाथिको दूव्र्यवहारका घटनामा भने कमी नआएको उहाँको जिकीर थियो । नारीहरुलाई कमजोर तरिकाले हेर्ने हेराई परिवर्तन गर्नुपर्नेमा उहाँको जोड थियो ।
समाजमा बस्ने सामाजिक व्यक्तिको आचरण खराब भएका कारण यस्तो प्रकारण आपराधिक गतिविधि बढेको उहाँको भनाई थियो ।