विद्यार्थी परिषद्को मिसन साहसीको राष्ट्रव्यापी अभियान गैडाकोटबाट सुरु

विद्यार्थी परिषद्को मिसन साहसीको राष्ट्रव्यापी अभियान गैडाकोटबाट सुरु

  • बुधबार, मंसिर १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

नवलपुर, मंसिर १९ ।
मुलुकमा पछिल्लो समय महिलामाथि बढदै गएको बलात्कार, हत्या, हिंसा जस्ता घटनाको न्यूनिकरणको पहल स्वरुप प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मिसन साहसी नामक राष्टव्यापी अभियान सुरु गरेको छ ।

नारी सुरक्षा र सम्मानका लागि राष्ट्रव्यापी अभियान भन्ने मुल नाराका साथ विद्यार्थी परिषद्ले नवलपुरको गैडाकोटबाट अभियानको सुरुवात गरेको हो । नारीहरुको आत्मरक्षा र आत्मविश्वा बढाउने उद्देश्यका साथ उक्त अभियानको आयोजना गरिएको विद्यार्थी परिषद्ले जनाएको छ ।

गैडाकोटमा गत मंसिर ११ गते बाट सुरु गरिएको उक्त अभियान मंगलबार साँझ सम्पन्न गरिएको हो । एक साताको अवधिमा गैडाकोटमा रहेका विभिन्न विद्यालय तथा क्याम्पसका छात्राहरुलाई आत्मरक्षा र आत्म विश्वासका लागि अभिमुखिकरण कार्यक्रमका साथै मार्सल आर्टका विभिन्न टेक्निकहरु सिकाइएको थियो ।

सोही अभियानको समापन कार्यक्रममा बोल्दै गैडाकोट नगर उपप्रमुख विष्णुकुमारी कँडेलले विभिन्न महिलाको क्षेत्रमा काम गर्ने संघसंस्थाले विविध र्याली, भाषण मात्र गर्ने गरेको तर विद्यार्थी परिषद्ले यसलाई व्यवहारमा नै उतारेर नारीलाई साहसी बनाउने काम गरेको प्रति प्रसंशा गर्नु भयो ।

नारीहरु आफैमा सबल भए पनि उनीहरुमा साहसको कमीका कारण आफ्नो रक्षा गर्न नसक्ने अवस्थामा विद्यार्थी परिषद्ले त्यस्ता नारीलाई सक्षम र सबल बनाउने कार्यक्रम गरेर समाजमा नै उदारहणीय काम गरेको उहाँलले बताउनु भयो ।

यस्तै सोही कार्यक्रमलाई संबोधन गर्दै विद्यार्थी परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कँडेलले जुन समाजमा नारीको सुरक्षा हुन्छ त्यो राष्ट्र मात्र सुरक्षित हुने भएकाले सम्पुर्ण नारीहरुको सम्मान हुनुपर्ने ्बताउनु भयो ।

प्राचिन सभ्यता नष्ट भएकाले आधुनिकतामा समाज ढल्कदै गएकाले आधुनिकताको नाममा समाज बिग्रदै गएको उहाँले आरोप लगाउनु भएको हो । आधुनिकता कारण समाजमा बलात्कारजस्ता जघन्य अपराध बढेको समेत उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ