ईङ्लीस प्रिमियर लिग फुटबलमा बुधवार ६ खेल हुदै, म्यानचेष्टर सिटीको १३ औं जित

ईङ्लीस प्रिमियर लिग फुटबलमा बुधवार ६ खेल हुदै, म्यानचेष्टर सिटीको १३ औं जित

  • बुधबार, मंसिर १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

काठमाडाैं, १९ मंसिर ।
ईङ्लीस प्रिमियर लिग फुटबलमा आज ६ खेल हुदैछन् । दोस्रो स्थानको लिभरपुलले बर्नलीसंग प्रतिस्पर्धा गर्नेछ ।

अपराजित रहेको अर्को टोली लिभरपुल आजको खेलमा समेत जित निकाल्दै म्यान सिटीसंगको दुरी छोट्याउने दाउमा छ ।

तेस्रो स्थानको चेल्सी, वोल्भरहेम्प्टनविरुद्ध मैदान उत्रदा चौथो स्थानको आर्सनलले २२ अंकमा आठौं स्थानमा रहेको म्यानचेष्टर युनाईटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

आर्सनलसँग समान ३० अंक भएरपनि गोल अन्तरमा पांचौ स्थानमा रहेको टटनहामले साउथहेम्प्टसँग प्रतिस्पर्धा गर्दा फुलहाम र लेष्टर सिटी तथा एभर्टन र न्युक्यासल युनाईटेडपनि आमने सामने हुनेछन् ।

यसअघि भएकाे खेलमा म्यानचेष्टर सिटीले वाटफोर्टलाई २–१ ले हराउदै सिटीले जारी सिजन लिगमा १३ औं जित निकालेको छ ।

२ खेलमा बराबरी गरेको सिटीको ४१ अंक भएको छ । जारी सिजन अपराजित अर्को टोली लिभरपुल ३६ अंकमा तालिकाको दोस्रो स्थानमा छ ।

सिटीको जितमा गएराती लेरो साने र रियाद मारेजले गोल गरे । ८५ औं मिनेटमा गोल गर्दै वाटफोर्टले गोल अन्तर घटाएको थियो । हारले वार्टफोर्ट २० अंकमा तालिकाको ११ औं स्थानमा झरेको छ ।

गएरातीनै बर्नमाउथले हर्डसफिल्ड टाउनलाई २–१ ले पराजित गर्‍यो । लगातार ४ खेलमा पराजित भएको बर्नमाउथ पाचौं खेलमा जित निकाल्दै २३ अंकमा छैठौं स्थानमा पुगेको छ । हर्डल्सफिल्ड भने रेलिगेशन जोनबाट एक स्थानमात्र माथि, १७ औं स्थानमा छ ।  बेष्टहामले कार्डिफ सिटीलाई ३–१ ले स्तब्ध पार्‍यो । जितसंगै वेष्टहाम १८ अंकसहित तालिकाको १२ औं स्थानमा उक्लिएको छ ।

अर्को खेलमा ब्राईटन एण्ड होभ एल्बियनले क्रिष्टल प्यालेसलाई ३–१ ले पराजित गर्‍यो । क्रिष्टलविरुद्धको जितले ब्राईटनलाई दशौं स्थानमा पुर्‍याएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ